स्कुटर दुर्घटनामा मृत्यु

आदर्श समाज सम्वाददाता
असाेज १८, २०७७
accident

पोखरा, १८ असाेज । कास्कीको नयाँपुलमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा आँधीखोला गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय पुष्कर बस्नेत हुन् ।

पोखराबाट पर्वत सदरमुकाम कुश्मातर्फ जाँदै गरेको ग१०प २१२२ नम्बरको स्कुटर अन्नपूर्ण गाउँपालिका–५ नयाँपुलस्थित पर्वत र कास्की सिमाना जोड्ने पक्की पुलको बारमा शनिबार दिउँसो साढे ४ बजे अनियन्त्रित भएर ठक्कर खाँदा दुर्घटनामा परेको हो ।

दुर्घटनामा २५ वर्षीय स्कुटर चालक सन्तोष न्यौपाने र पछाडि बसेका पुष्कर बस्नेत घाइते भएकोमा उपचारक्रममा बस्नेतको मेट्रोसिटी अस्पताल, पोखरामा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

स्कुटर चालक सन्तोषको अवस्था भने सामान्य छ ।

Related News

सम्बन्धित समाचार

  • एन प्याब्सन महाधिवेशन फागुनमा

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । नेशनल प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशन आगामी फागुन दोस्रो साता काठमाडौंमा हुने भएको छ । संस्थाको पोखरामा सम्पन्न राष्ट्रिय…
  • रिहर्सलमा ‘सपना डिलक्स कोच’

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । चर्चित कलाकार अनुप बरालको सक्रियतामा पोखरा–३, नदीपुरमा ‘हंसध्वनि’ नाटकघर निर्माणाधीन छ । निर्माण पूरा नहुँदै सोही नाटकघरमा एक…
  • पंगेनीको प्रस्तुतिमा रमाए दर्शक

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । लोकप्रिय गायक बद्री पंगेनीको प्रस्तुतिमा पोखरेली दर्शक रमाएका छन् । प्रायः वियोगान्त गीत गाएर दर्शकलाई रुवाउने लोक तथा…
  • प्राडा पाठकको पदभार

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । पृथ्वीनारायण क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख प्राडा हरिप्रसाद पाठकले पदभार ग्रहण गरेका छन् । बुधबार उनको स्वागत तथा पदस्थापना…
  • करार र काजले भरिएको पोखरा महानगर

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । तनहुँ घिरिङ गाउँपालिकामा कार्यरत् सातौं तहकी इन्जिनियर ज्योति थापा २०७७ फागुनमा पोखरा महानगर काजमा सरुवा भइन् । काज…

hero news full width