विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाउने अवस्था छैन: शिक्षामन्त्री पोखरेल

रासस
असाेज १७, २०७७
giriraj

लहान, १७ असोज : विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेकाले विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाउने अवस्था अझै नरहेको बताएका छन् ।

सिरहाको गोलबजारमा आज जयगोविन्द साह पोलिटेक्निकल इन्स्टिच्यूटको उद्घाटन गर्दै उनले सिरहाका कतिपय स्थानीय तहका विद्यालयहरुमा पठनपाठन भइरहेको सूचना आफूले पाएको हुँदा त्यसलाई तत्काल रोक्नुपर्ने बतााए।

“कोभिड–१९ को जोखिम अझै उच्च रहेकाले विद्यार्थीलाई विद्यालयमा उपस्थित गराएर होइन्, वैकल्पिक शिक्षण सिकाइ पद्धति अपनाएर शिक्षा दिनुपर्दछ”, उनले भने, “आज २० प्रतिशत विद्यार्थीको प्राविधिक तथा वैज्ञानिक शिक्षामा पहुँच छ, ७० प्रतिशत विद्यार्थीलाई प्राविधिक शिक्षामा पहुँच पु¥याउने सरकारको लक्ष्य छ , सोही अनुरुप अहिले गाउँ गाउँका सामुदायिक विद्यालयमा प्राविधिक धारका विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ ।”

मन्त्री पोखरेलले धेरैभन्दा धेरै विद्यार्थीले सीपमूलक शिक्षा पाउन भन्ने सोचका साथ आजसम्म देशका ६४५ पालिकामा प्राविधिक धारको शिक्षा पुर्‍याएको उल्लेख गर्दै प्राविधिक शिक्षाको स्तरोन्नतीका लागि प्रयोगशाला र दक्ष शिक्षकको आवश्यकता रहेको बताए। प्रदेशसभा सदस्य जगत यादवले शिक्षामा सहज पहुँचको लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिए।

चालु शैक्षिक सत्रबाट किसान नेता जय गोविन्द साहको स्मृतिमा सञ्चालन भएको इन्स्टिच्यूटमा तीन वर्षे डिप्लोमा इन सिभिल इञ्जिनीयर, तीन वर्षे बाली विज्ञान र डिप्लोमा इन जियोमेटिक्स इञ्जिनयीरको पढाइ शुरु गरिने जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width