प्रधानमन्त्रीका सल्लाहकार र निवासको सुरक्षामा खटिएका सेनामा कोरोना सङ्क्रमण   

रासस
असाेज १७, २०७७
Untitled-2

काठमाडौँ, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना सङ्क्रमण भएको छ ।

शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका उहाँहरुको आज रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षामा खटिएका नेपाली सेनाका २८ जना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार, प्रधानमन्त्री निवासमा खटिएता पनि प्रधानमन्त्रीको प्रत्यक्ष सम्पर्कमा नरहेका सेनाका २८ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना पुष्टि भएका सुरक्षाकर्मीको स्थानमा अन्य सुरक्षाकर्मी बदली गर्ने कार्य भइरहेको पनि उनले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width