किमद्धारा ट्रम्पको स्वास्थ्य लाभको कामना

रासस
असाेज १७, २०७७
Kim trump

वासिङ्टन, १७ असोज । कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उहाँका प्रतिश्पर्धी जोए बाइडेनले सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

उनले ट्रम्प पत्नी मेलानिया ट्रम्पसमेत सङ्क्रमित भएकोमा दुवै जनाको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको हो ।

अहिले ७४ बर्ष पुग्नु भएका राष्ट्रपति ट्रम्प र ५० बर्षिया उनकी पत्नी मेलानिया शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ट्रम्प दम्पत्तिको सिघ्र स्वास्थ्य लाभका लागि हामीले निरन्तर प्रार्थना गरिरने छौँ ।’

त्यसैगरी पूर्व राष्ट्रपति बाराक ओबामाले पनि ट्रम्प दम्पत्तिको स्वास्थ्य लाभको कामना गरेका छन् । उनले ट्रम्प दम्पत्तिसँगै कोरोनाभाइरसबाट सङ्क्रमित सवैको स्वास्थ्य लाभको कामना गरेका छन् ।

अमेरिकामा अहिले ७३ लाख ३२ हजार १९ जना सङ्क्रमित भएका छन् भने दुई लाख आठ हजार ६९३ जनाको मृत्यु भएको छ । यो दुवै तथ्यांक देश अनुसार हेर्दा विश्वभरी कै सवैभन्दा धेरै हो ।

त्यसैगरी पूर्व राष्ट्रपति विल क्लिन्टन, ट्रम्पसँगै राष्ट्रपतिमा यसअघि प्रतिश्पर्धा गरेकी हिलारी क्लिन्टन, अहिले डेमोक्र्याटको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रहनु भएकी कमला हारिसलगायतले पनि ट्रम्पको स्वास्थ्य लाभको कामना गरेकी हुन् ।

स्वदेशी नेता बाहेक अन्य देशका पनि दर्जनौ नेताहरुले उनलाई सिघ्र स्वास्थ्य लाभको सन्देश पठाएका छन् । उनीहरु मध्ये उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले शनिबार पढाएको सन्देशलाई महत्वका साथ हेरिएको छ ।

‘उहाँहरुलाई जतिसक्दो चाडो स्वास्थ्य लाभ हुनेछ भन्ने मैले विश्वास लिएको छु,’ किमले सम्प्रेषण गरेको सन्देशमा उल्लेख गरिएको छ । लामो समयदेखि एक अर्कालाई मुख्य दुश्मन मान्दै आएका अमेरिका र उत्तर कोरियाका शिर्ष नेताद्धय ट्रम्प र किमबीच पटक पटक शिखर वार्ता भएका थिए । त्यसैले पनि उनीहरुले एक अर्काप्रति विषेश निकटता प्रदर्शन गर्ने गरेका छन् । यसअघि किम अस्वस्थ भएको खवर सार्वजनिक भएको बेला पनि ट्रम्पले तत्कालै उनको सिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

राष्ट्रपति ट्रम्प दम्पत्तिलाई शुक्रबार कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनलाई शुक्रबार राती वाल्टर रिड नेस्नल सैनिक अस्पताल लगिएको हो । उनी बिहीबार मध्यान्ह एउटा चुनावी कार्यक्रममा सहभागी भएर फर्केपछि सङ्क्रमित हुनुभएको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width