पोखरा, १७ असोज । नेपालको मिचिएको भू–क्षेत्रफल समेत समावेश चुच्चे नक्सा उल्लेखित माध्यमिक तहको पाठ्यसामग्री अन्तिम अवस्थामा आएर वितरण नगर्नू नगराउनू भन्ने प्रधानमन्त्रीको ठाडो आदेशप्रति संयुक्त देशभक्त मोर्चाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
संयुक्त देशभक्त मोर्चाका तर्फबाट प्रवक्ता रामबहादुर पौडेलले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै संविधानमा समावेश गरिएको नेपालको चुस्त–दुरुस्त चुच्चे नक्सा र हाम्रो मिचिएको भू–क्षेत्रफल समेत राखेर पाठ्यसामग्रीमा राख्ने गरी प्रकाशित भइसकेको पुस्तक अन्तिम अवस्थामा आएर वितरण नगर्नू नगराउनू भन्ने प्रधानमन्त्रीको ठाडो आदेशप्रति गम्भीर आपत्ति सहित ध्यानाकर्षण भएको जनाएका हुन् ।
साथै केही महिनाअघि सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत नेपालका भू–क्षेत्रहरु समेटिएको चुच्चे नक्सा संसद्को दुवै सदनबाट सर्वसम्मत पारित गरिएको ऐतिहासिक कदमलाई दीप प्रज्ज्वलन सहित आमनेपाली जनताले हर्षोल्लासका साथ स्वागत गरेको भनी स्मरण गराउँदै सो नक्सा तुरुन्त वितरण गर्न माग गरिएको छ ।
‘प्रधानमन्त्रीसँग आमनेपाली जनताको प्रश्न नेपाल सरकार खासगरी यो रहेको छ कि नेपालको वास्तविक चुच्चे नक्सा पाठ्यक्रममा समावेश गरिएका पुस्तक ‘प्रतिबन्ध’ जस्तै गरी रोक्नु पर्ने कारण के हो ?, विज्ञप्तिमा भनिएको छ, ‘अतः प्रकाशित गरिएका ती पाठ्यपुस्तक निर्वाधरुपमा विद्यालयका छात्रछात्रालाई तुरुन्तै वितरण गरियोस् भनी संयुक्त देशभक्त मोर्चाका तर्फबाट जोडदार माग गर्दछौं ।’
Related News
सम्बन्धित समाचार
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान
पुनस्र्थापित संसदको पहिलो बैठकमै अवरोध
संसद् बैठकमा सभामुखको लिखित मन्तव्य
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
hero news full width
मुख्य समाचार
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७