पोखरा, १६ असोज । प्रदेश ५ को मन्त्रिपरिषद्ले प्रदेशको नाम ‘लुम्बिनी’ र राजधानी दाङको ‘देउखुरी’ बनाउने निर्णय गरेको छ ।
सोही निर्णयअनुसार प्रदेश सभाको शुक्रबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नामकरण र स्थायी राजधानीको प्रस्ताव पेश गरेका छन् । सो प्रस्तावमाथि सोमबार प्रदेश सभामा छलफल हुनेछ।
मन्त्रिपरिषद्ले गरेको निर्णयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूले फरक–फरक धारणा राखेका छन् ।
दाङवासी खुसी बने पनि बुटवलवासीमा आक्रोश उत्पन्न भएको छ । प्रदेशसभामा प्रस्ताव पेस भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठनले नेविसंघले टायर बालेर प्रदर्शन थालेको छ। सरकारी गाडीमाथि तोडफोड भएको छ। नेविसंघले प्रदेश सभा अगाडि टायर बालेर विरोध जनाएको छ। केही सरकारी गाडी तोडफोड भएको छ ।
राजधानी प्रस्तावको विरोधमा जताततै प्रदर्शन हुन थालेपछि बुटवलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रदेश सरकारले राजधानीको विषय निर्णय गरेसँगै बिहानैदेखि बुटवलको सुरक्षा व्यवस्था कडा पारिएको हो।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको सहमतिपछि प्रदेश सरकारले पनि देउखुरीलाई राजधानी बनाउने निर्णय गर्दै उक्त प्रस्ताव संसदमा पेश गर्ने निर्णय गरेको थियो।
Related News
सम्बन्धित समाचार
संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
सिनेमा संवाद @ घान्द्रुक
सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि
hero news full width
मुख्य समाचार
नरोऊ मायालु…
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
माघ १२, २०७७पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
माघ १२, २०७७पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
माघ १२, २०७७भाडाका घरमा गाउँका ‘सिंहदरबार’
माघ १२, २०७७गण्डकीमा आयो कोरोना खोप
माघ १२, २०७७