हालसम्मकै उच्च कोरोना पुष्टि, थप ११ को निधन

रासस
असाेज १६, २०७७
covid 19 corona banner

काठमाडौँ, १६ असोज । पछिल्लो २४ घण्टाको अवधिमा हालसम्मकै उच्च कोराना सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा १४ हजार ७३९ जनामा गरिएको पिसिआर परीक्षणमा दुई हजार ७२२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जनाएको छ । योसँगै कूल सङ्क्रमितको सङ्ख्या ८२ हजार ४५० पुगेको छ ।

साथै निको हुनेको सङ्ख्या ६० हजार नाघेको जनाइएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन हजार ३०७ जना कोरोनालाई जितेर घर फर्किएको जानकारी दिए। यो सँगै घर फर्किनेको सङ्ख्या ६० हजार ६९६ पुगेको छ ।

सो अवधिमा काठमाडौं उपत्यकामा एक हजार ६३८ सङक्रमित थपिएका छन् । सो सङ्ख्या उपत्यकाको हालसम्मकै उच्च हो । मन्त्रालयका अनुसार काठमाडौँमा एकहजार २८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनामा सङ्क्रमित थपिएका हुन् । देशभर २१ हजार २३४ जना सक्रिय सङ्क्रमितमध्ये होम आइसोलेशनमा ११ हजार ७६० रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ४७४ जना रहेका छन् । त्यसैगरी क्वारेन्टिनमा चार हजार ८८५ जना छन् ।

थप ११ को निधन

पछिल्लो २४ घण्टामा कोरोनाबाट निधन हुनेको सङ्ख्या ११ जना पुगेको छ । योसँगै सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ५२० जना पुगेको छ।

आठ वटा जिल्लाका चार महिला र सात पुरुष गरी ११ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । मोरङमा २७ वर्षीय पुरुष, ललितपुरमा ३२ पुरुष र ७० वर्षीय पुरुषको निधन भएको छ भने भक्तपुरमा ६१ र ५१ वर्षीया महिला, काठमाडौँमा ६७ वर्षीया महिलाको मृत्यु भएको छ ।

त्यसैगरी मकवानपुरमा ७८ वर्षीय पुरुष, रुपन्देहीमा ६० वर्षीय पुरुष, बाँकेमा ५२ र ५९ वर्षीय पुरुष र सुर्खेतमा ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयल जनाएको छ । कुल सङ्क्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । गण्डकीका सांसद जित शेरचन बजेट निर्माणमा फिक्सिङ भएका योजनाहरु अलपत्र परेको बताउँछन् । सरकारले बजेट बनाउँदा सांसदलाई थामथुम…
  • को होला मिस तामाङ ?

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङ पोखराको ग्राण्ड फिनाले शनिबार हुँदैछ । पोखरा सभागृहमा ११…
  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…
  • ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । आजभन्दा करिब १२ वर्षअघि बुटवलमा ठेलाबाट सुरुआत भएको ड्याडिज किचनले हालसम्म २२ शाखा बिस्तार गर्न सफल भएको छ…
  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

    रासस माघ ११, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’…

hero news full width