काठमाडौँ, १६ असोज । राष्ट्रिय युवा सङ्घले प्रदेश कमिटीबाहेक सबै एकता प्रक्रिया टुङ्गो लगाएको छ ।
बुधबार र बिहीबार बसेको केन्द्रीय कार्यालय बैठकले प्रदेशबाहेक सबै कमिटीको एकता टुङ्गाएको सङ्घका संयोजक रामप्रसाद सापकोटाले बताए । उनका अनुसार युवासङ्घले ७७ जिल्लाका संयोजक, सहसंयोजक, इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाएको छ । सतहत्तर जिल्लामध्ये साविक युवासङ्घको ४२ र योङ कम्युनिष्ट लिग (वाइसिएल) ३५ जिल्लाको नेतृत्व तथा ४० जिल्ला इञ्चार्ज वाइसिएल र ३७ जिल्ला इञ्चार्ज साविक युवा सङ्घको रहने गरी टुङ्गो लगाइएको छ ।
प्रदेशको पनि चार प्रदेश युवा सङ्घ र तीन प्रदेश वाइसिएलले लिने गरी सहमति भए पनि कसको भागमा कुन भन्ने टुङ्गो नलगाएको सङ्घका सहसंयोजक रमेश पौडेलले जानकारी दिए ।
यस्तै ३१ वटा विभागको टुङ्गोसमेत लगाइएको छ । साविक युवा सङ्घले १५ र साविक वाइसिएलले १५ वटा विभाग लिने सहमति भएको छ ।
यस्तै छ महानगरपालिका र ११ वटा उपमहागरपालिकाको संयोजक, सहसंयोजक तथा इञ्चार्ज र सहइञ्चार्ज पनि टुङ्गो लागेको छ । काठमाडौँ, पोखरा र चितवनका साविक युवा सङ्घ तथा विराटनगर, वीरगञ्ज र ललितपुर साविक वाइसिएलको नेतृत्व रहेको छ ।
यस्तै ११ उपमहागरपालिकामध्ये धरान, जीतपुर सिमरा, घोराही र नेपालगञ्ज साविक युवा सङ्घ र बाँकी सात वटा उपमहानगरपालिकामा वाइसिएलको इञ्चार्ज भएका छन् । सङ्घले सबै जिल्ला कमिटी र मातहतका कमिटीको एकता आगामी कात्तिक महिना र केन्द्रीय तहको एकता यही असोज महिनाभित्र गरिसक्ने सङ्घका सहसंयोजक पौडेलले जानकारी दिए ।
यस्तै लेखा र निर्वाचन आयोग साविक युवा सङ्घ तथा अनुशासन आयोग साविक वाइसिएलले पाउने गरी बाँडफाँट गरिएको छ । बैठकले लोकराज आचार्य र सन्तोष मगरलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको छ । दुई सङ्गठनको एकतापछि बनेको युवा सङ्घमा अहिले ३३५ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।
Related News
सम्बन्धित समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
संरक्षण आमा समूहद्वारा सम्मान
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१