नेता गौतमको मुद्दा बुधबार हेरिने

रासस
असाेज १६, २०७७
bamdev

काठमाडौँ, १६ असोज । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको विवादका विषयमा परेको मुद्दा ‘हेर्दाहर्दै’ मा बुधबारका लागि तोकेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले आज सुनुवाइ हुँदाहुँदै समय अभावका कारण हेर्दाहेर्दैमा राखेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र अधिकारीका अनुसार निवेदकका तर्फबाट बहस सकिएको छ । नेता वामदेवका तर्फबाट तीन जना कानून व्यवासयीले मात्र बहस गरेका छन् । बाँकी बुधबार बहस हुनेछ । यही असोज १४ गतेदेखि संवैधानिक इजलासमा उक्त विवादको सुनुवाइ शुरु भएको हो ।

यही असोज ७ गते न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले आदेशमा विषयवस्तुको गाम्भीर्यता एवं संवैधानिक महत्वलाई दृष्टिगत गर्दै विषयको अन्तिम टुङ्गो नलागेसम्म थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

‘विषयवस्तुको गाम्भीर्य एवं संवैधानिक महत्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादमा अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुङ्गो नलागेसम्म यो विषयलाई यथास्थितिमा राख्नु आवश्यक देखिँदा विपक्षी नं ५ को हकमा थप संवैधानिक जिम्मेवारी दिने, लिने कार्य नगर्नू, नगराउनु’, आदेशमा भनिएको थियो, ‘सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) ख बमोजिम विपक्षीका नाममा यो अन्तरिम आदेश जारी गरिएको छ ।’

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रियसभा सचिवालय, नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतमलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मङ्गलबार नेता गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपति कार्यालयले गत भदौ २९ गरेको निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

नेता गौतमलाई राष्ट्रियसभामा गरेको मनोनीत असंवैधानिक भएको उल्लेख गर्दै सांसदका रुपमा कार्य गर्न नदिन र मन्त्रिमण्डलमा लैजाने कार्य रोक्न अन्तरिम आदेशको माग रिट निवेदनमा गरिएको छ ।

सरकारले नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार नेता गौतमलाई राष्ट्रपतिले राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी थिईन् । नेता गौतम २०७४ सालमा प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएका थिए ।

Related News

सम्बन्धित समाचार

  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…
  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

    रासस माघ ११, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’…
  • राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव…
  • बयानपछि लामिछानेलाई परिवारको जिम्मा

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले बिहीबार उपस्थित हुने शर्तमा…
  • विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता माललाई छोरीलाई नेपालमै राखेकामा पछुतो छ । प्लस टु सकेपछि छोरीका साथीहरु…

hero news full width