हेमजा, १६ असाेज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्नपूर्ण गाउँपालिका ३ कमिटीको शपथ ग्रहण कार्यक्रम बिहीवार सम्पन्न भएको छ। पार्टीका गण्डकी प्रदेश कार्यालय सदस्य पुण्यप्रसाद पौडेलले वडा कमिटि सदस्यलाई शपथ खुवाए।
कार्यक्रममा पौडेलले पार्टी एकता थप बलियो बनाउनुपर्नेमा जोड दिए ।उनले कम्युनिष्टले द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्ने उल्लेख गर्दै अब जनवर्गीय संगठन विस्तारलाई पनि अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए।
पार्टीका गाउँ कमिटी अध्यक्ष धर्मबहादुर गुरुङले शपथ ग्रहण गर्ने सदस्यलाई शुभकामना व्यक्त गर्दै एकता, संघर्ष र रुपान्तरणको प्रक्रियाबाट पार्टी अगाडि बढ्ने स्पष्ट पारे।
गाउँ कमिटी सचिव लक्ष्मीप्रसाद अधिकारीले पार्टी एकताका जटिलतालाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिँदै सांगठनिक गतिविधि अब तीव्र बनाउनुपर्ने तर्क राखे।
सो अवसरमा जिल्ला सदस्य दुर्गा भण्डारी, गाउँ कमिटी सदस्य विष्णुबहादुर केसी, गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ, गाउँपालिका कमिटि सदस्य भेषराज पौडेल, पार्टी वडा १ का अध्यक्ष सूर्य परियार, २ का अध्यक्ष वेदप्रसाद शर्मा, स्थानीय नेता चर्तुरमान विश्वकर्मा लगायतले पनि धारणा राखेका थिए ।
वडा कमिटी अध्यक्ष हरि शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम वडा कमिटी सचिव पुण्यप्रसाद पौडेलले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा
काँग्रेसको सय दिने अभियान मादीमा
प्राविधिक शिक्षाका लागि कोइकासँग सवा अर्बको सम्झौता
माछापुच्छ्रेमा माओवादी केन्द्रको ज्ञापनपत्र
hero news full width
मुख्य समाचार
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
माघ ४, २०८१पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१