पोखरा, १५ असोज । माओत्से गुरुङको निर्देशनमा निर्माण हुन लागेको ‘छुट्नलाई पो रैछ क्यारे’ म्यूजिक भिडियोको छायांकन पोखरामा हुँदैछ ।
लामो समयको लकडाउनपछि आफ्नो कर्म पुनः चलायमान गर्न पाउँदा खुसी लागेको भन्दै निर्देशक गुरुङले भिडियोलाई उत्कृष्ट बनाउन निकै मेहनत गरेको बताए ।
थानेश्वर गौतम र शान्तिश्री परियारको स्वरको सो गीतले प्रेममा शारीरिक तथा भौतिक रुपमा एक हुन नसकेपनि माया गर्न छोडिँदैन भन्ने खालको भाव बोकेको छ । गीतको भाव मन छुने भएकाले पनि आफू निर्देशनका लागि तयार भएको गुरुङले बताए ।
उक्त भिडियोको छायांकन पोखराको केही रमणीय स्थल र गन्धर्व नाटकघरमा गरिएको छ । यतिमात्र नभई नाटक घरका कलाकारलाई समेत म्यूजिक भिडियोमा समावेश गरिएको छ ।
सिनेमा, म्यूजिक भिडियोको लागि काठमाडाैमा मात्र सिमित हुनुपर्छ जस्तो नलाग्ने उनी बताउँछन् । ‘मैले काठमाडाै पहिल्यै त्यागेको हो, म पोखरामा नै बसेर रंगकर्म र चलचित्र क्षेत्रमा लागिरहेको छु । त्यो हिसाबले पनि हामीले पोखराबाट पनि गुणस्तरिय म्यूजिक भिडियो निर्माण गर्न सकिन्छ,’ उनले भने ।
‘वास्तवमा भन्नुपर्दा म फरक–फरक काम गर्न मन पराउँछु । त्यसमा पनि मलाई माओत्से दाईको अभिनय र कलाकारिता निकै मनपर्छ । उहाँसंग मेरो पहिलै देखिनै काम इच्छा थियो त्यो पुरा भएको छ,’ गायक थानेश्वर गौतमले बताए ।
करिब ६ लाख लगानीमा निर्माण हुन लागेको उक्त म्युजिक भिडियो अबको १० दिन भित्र सार्वजनिक गर्ने तयारी सहित काम भइरहेको गौतमले जानकारी दिए ।
गौतमले हालसम्म झण्डै ४ सयभन्दा बढी गीतहरुमा आफ्नो स्वर दिइसकेका छन् । जसमा प्रायः पुष्प खड्का नै हुने गरेको उनले बताए । ‘मेरो गीतहरुमा पुष्प खड्का धेरै रिपिट हुनु भएको छ, पुष्पसँग एक किसिमको ट्यूनिङ पनि मेल्छ । मेरो आवाजसँग उहाँको केहि न केहि कनेक्सन छ जस्तो लाग्छ,’ उनले भने ।
‘मैले झण्डै ५ सय भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेको छु । तर यो म्युजिक भिडियोमा म फरक क्यारेक्टरमा देखिएको छु । मैले खेलेको धेरै भिडियोहरुमा मेरो अधा चाहिन्छ, स्मार्ट देखिनुपर्छ, गुड लुकिङ देखिनुपर्छ तर यो म्युजिक भिडियोमा यस्तै कुनै पनि नोक–झोक छैन,’ अभिनेता पुष्प खड्काले भने । ‘उक्त म्युजिक भिडियोमा म एउटा गन्धर्वको छोरो हुँ। जसमा उसको प्रेमी कसैसँग गएसकेपछिको पीडा अभिनयमा उतारेको छु,’ उनले भने ।
यस्तै उक्त भिडियोबाट डेब्यू गरेकी मोडल जानु पोखरेलले पुष्प खड्कासँग अभिनय गर्ने अवसर पाउँदा निकै खुसी भएको बताएकी छिन् ।
भिडियोमा प्रकाश घिमिरे, पुष्प खड्का, जानु पोखरेल, नवराज गिरी, आशीष अधिकारी, आकृति पण्डित, सृष्टि केसी, उज्ज्वल ढकाल, राजन केसी, आभा पोखरेल, सशांक श्रेष्ठ लगायत कलाकारहरुको अभिनय हेर्न सकिन्छ । सिनेमेट्रोग्राफरमा खिमबहादुर गुरुङ, मेकअप आर्टिस आशीष गुरुङ र प्रोडक्सन म्यानेजरको जिम्मा डिबी गुरुङलाई दिइएको निर्देशक गुरुङले बताए ।
Related News
सम्बन्धित समाचार
सुमिनाले चुमिन मिस तनहुँकाे उपाधि
आरतीको ‘लुकी लुकी मायाले’ सार्वजनिक
सजनाको ‘याद’ सार्वजनिक
सुमन र जेबिकाले जिते गोल्डेन आइडल उपाधि
विनोद गौचनका गीतकाे म्युजिक भिडियो सार्वजनिक
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७