आत्महत्याको विषयमा ‘सोल्यूशन’

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७७
PicsArt_09-30-07.53.31

पोखरा, १५ असोज । छोटो फिल्म ‘सोल्यूशन’ नेट टिभीको ‘ओटिटी प्लेटफर्म’ मार्फत सार्वजनिक भएको छ । फिल्मको निर्माण र निर्देशन रोहन नेपालीले गरेका हुन्, भने अभिनय समेत गरेका छन् ।

करिब ८ मिनेटको फिल्मले युवापुस्ताको प्रेम बिछोड अनि त्यसपछि उनीहरुले लिने गम्भीर प्रकृतिको निर्णयले जीवनमा पारेको असरको विषयलाई उठाएको छ । ‘युवापुस्ताको मनोदशालाई फिल्ममार्फत भन्न खोजेका हुँ । अहिले सामान्य कुरामा पनि युवापुस्ताले आफ्नो ज्यानै सम्म फाल्ने निर्णय लिईराखेका छन् । तर यो फिल्ममार्फत मैले सबै समस्याको समाधान हुन्छ । कुनै पनि निर्णय लिँदा हजारपटक सोँच बिचार गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको हुँ ।’ अभिनेता तथा निर्देशक नेपालीले भने ।

चाँडै नै फिल्मलाई अन्य डिजिटल प्लेटफर्ममा पनि राखिने उनले बताए । सार्वजनिक फिल्मलाई अमित नेपालीले खिचेका हुन् । फिल्ममा रोहनसँगै विवेक गुरुङ, कञ्चन भुजेल र तारा शर्माको अभिनय रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width