पोखरा । पोखरा महानगरपालिकामा भएको आर्थिक प्रशासन, कर्मचारी व्यवस्थापन र सुशासनप्रति चिन्ता व्यक्त गर्दै नेपाली काँग्रेस पोखरा महानगर नगर समितिले मेयरलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
नगर समितितर्फबाट सभापति बजिरमान श्रेष्ठले मेयर मानबहादुर जिसीलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
यसअघि पनि प्रतिपक्ष दलका सुझाव र काँगे्रेसबाट निर्वाचित वडाध्यक्षहरुले गरेको ध्यानाकर्षणप्रति महानगर मौन बसेको भन्दै पुनः ध्यानाकर्षण गराइएको नगर समिति सभापति श्रेष्ठले जानकारी दिए ।
ज्ञापनपत्रमा राजस्व शाखाका तत्कालीन प्रमुखबाट आर्थिक अनियमितता भएको विषय उजागर गर्ने स्पष्ट र इमानदार लेखाप्रमुखलाई उल्टै स्पष्टीकरण सोधिएकोमा आपत्ति जनाउँदै आर्थिक अनियमितताको पनि उजागर हुने डरले अहिले लेखाप्रमुखलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिनु निन्दनीय भएको उल्लेख छ ।
यसैगरी, महानगरपालिकामा कर्मचारीहरुको व्यवस्थापन, योग्यता र क्षमताका आधारमानभई राजनैतिकआस्था आधारमा गरिएकोप्रति नगरको ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ ।
महानगरमा अस्थायी तथा करारमा भर्ना भएका प्राविधिक तथा अन्य कर्मचारीहरु विभिन्न शाखामा प्रमुखको जिम्मेवारीमा नै कार्यरत रहेको र अर्काेतिर आस्थाकै आधारमा स्थायी तथा वरिष्ठ कर्मचारीहरुलाई जिम्मेवारीबाट पन्छाउने गरिएको भन्दै निन्दा गरिएको छ ।
यसैगरी, हालै महानगरका विभिन्न ठाउँमा भएका दैवीप्रकोपको घटनाका पीडितलाई उचित सम्बोधन गर्न नसकेको र मृतक परिवारलाई अनुरुप राहत उपलब्ध नगराएको भन्दै तत्काल राहत दिलाउन माग गरिएको छ । वर्षाका कारण नगरका सडक भत्किएको र खाल्डाखुल्डी परेकोले तत्काल मर्मत गर्न आग्रह गरिएको छ ।
यसअघि, काँग्रेसतर्फबाट निर्वाचित ११ वडा अध्यक्षहरुले महानगरपालिकामा भइरहेको पछिल्लो गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएका थिए ।
Related News
सम्बन्धित समाचार
हिल हिमालयजद्वारा ४३ हजार किलो फोहोर व्यवस्थापन
लेखनाथ जेसिज र जुनियर जेसिजको पदस्थापन
फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
बैदाम प्रहरीमा महिला इञ्चार्ज
hero news full width
मुख्य समाचार
गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
बाढीले प्रदेशमा ३ अर्बको क्षति
माघ १४, २०७७कास्कीमा सुरू भयाे चुनावकाे तयारी
माघ १४, २०७७संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
माघ १३, २०७७नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
माघ १३, २०७७काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७