काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा दसैँ उत्सवको लाभ लिँदै २ उत्पादन– मी टिभी ४एक्स (५५ इन्च) र मी एलईडी टिभी ४ए प्रो (४३ इन्च) सार्वजनिक गरेको छ ।
कम्पनीले एक कार्यक्रममार्फत बिर्तामोड, विराटनगर, दमक, गोलबजार, गाईघाट, जनकपुर, नारायणघाट, पोखरा, वीरगञ्ज, रौतहट, हेटौंडामा मी टिभीको बिक्री वितरण शुरु गरेको जनाएको छ । यससँगै शाओमीले पहिलो पटक नेपालको टिभी श्रेणीमा प्रवेश गरेको हो ।
मी टिभी ४एक्स (५५ इन्च) २०२० संस्करणले नेपालमा ठूलो टिभीमा महत्वपूर्ण परिवर्तन ल्याएको छ । यसमा ४के १०—बिट एचडीआर डिस्प्ले सुविधा छ, जसलाई शाओमीको इन—हाउस इमेज प्रोसेसिङ अल्गोरिदम, भिभिड पिक्चर इञ्जिनले पूरक गरेको छ । एक वास्तविक इमर्सिभ अडियो भिजुअल अनुभव सक्षम गर्दै २०वाट्ट स्पिकर डल्वी अडियो र डीटीएस एचडीको लागि प्रमाणित छन् ।
मी टिभी ४एक्स (५५) २०२० संस्करण गुगलको नयाँ एन्ड्रोइड टिभी ९.० को साथ गुगल एसिसटेन्ट, युट्यूब, क्रोमकास्ट, गुगल प्ले स्टोर र डाटा सेभर बिल्ट—इनमा आउँदछ । यो ६४ हजार ९ सय ९९ मा उपलब्ध छ ।
उता, मी एलईडी टिभी ४ए प्रो (४३) ४३ इन्चको १०८०पी पूर्ण एचडी रिजोलुसनको साथ आउँदछ । यसमा उत्कृष्ट संचालन अनुभवका लागि साधारण १२ बटनको ब्लुटुथ मी रिमोट सुविधा छ र डुअल २० वाट्टको स्टेरियो सेटअप छ । जसले डीटीएस—एचडी साउन्ड प्रदान गर्दै उपभोक्ताको घरमा ठूलो टिभीको सिनेमेटिक अनुभव प्रदान गर्ने जनाइएको छ । यो ३९ हजार ९ सय ९९ मा उपलब्ध छ ।
कम्पनीका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘नेपालको हाम्रो उत्पादन पोर्टफोलियोमा एक नयाँ श्रेणीको प्रारम्भ गर्न पाउँदा निकै खुसी छौं । सन्तुष्टि नै पहिला भन्ने उद्देश्यका साथ हामी हरेक मी टिभी प्रयोगकर्तालाई व्यक्तिगत इन्टरफेसका साथ अद्भूत अनुभव प्रदान गर्ने आशा राख्दछौं । मी टिभीले यसको उत्कृष्ट सफ्टवेयरका साथ स्मार्ट टिभीको अर्थ परिभाषित गर्दछ ।’
Related News
सम्बन्धित समाचार
सक्षम सहकारीको पदस्थापन
सुन्तलाबाट जुस, बोक्राबाट मेकअप सामग्री
गुरुङ ब्युटिपार्लरपछि चिनुले खाेलिन् सिजी ब्रोज एन्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट
गाउँमै रोजगारी : परिवारमा खुशीयाली
आँखा, हात, खुट्टा, नङको सौन्दर्य निखार्न सिजी ब्रोज एन्ड नेल्स
hero news full width
मुख्य समाचार
संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
माघ १३, २०७७काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७सिनेमा संवाद @ घान्द्रुक
माघ १३, २०७७सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि
माघ १३, २०७७नरोऊ मायालु…
माघ १३, २०७७