सवारी चालकसहित गण्डकीमा थप ४४ संक्रमित

आदर्श समाज सम्वाददाता
असाेज १४, २०७७
Gandaki Map

पोखरा, १४ असोज । गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तिमा कास्कीका २७ जना, नवलपुरका ५ जना, तनहुँका ३ जना, बागलुङका ७ जना रहेका छन् । त्यस्तै, गोरखा र लमजुङका एक/एक जना रहेका छन् ।

कास्कीका सबै संक्रमित पोखरा महानगरपालिकाका हुन् । तिमध्ये वडा प्रहरी कार्यालय रामजारमा कार्यरत ७ जना प्रहरी हुन् ।

बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिकामा कार्यरत ३ जना पुरुषहरु नेपाली सेना र २ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत हुन् भने वडा नं ११ का ३३ वर्षीय पुरुष सार्वजनिक सवारी चालक हुन् । जैमिनी–७ का दुई जना, लमजुङ जिल्लाका एकजना, पोखरा–१०, ६, १७, ८ र १६ एक/एक जना गरि ६ जना भारत र गोरखाका १ जना पर्सा जिल्लाबाट आई क्वारेन्टाइनमा बसेका हुन् । अन्य संक्रमित सबै कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय १० पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width