तिमल्सेनाको खोजखाज बजारमा

आदर्श समाज सम्वाददाता
असाेज १४, २०७७
Khojkhaj

पोखरा, १४ असोज । डा. पशुपतिनाथ तिमल्सेनाका–३० को दशकमा लेखिएका कविताको कृति बजारमा आएको छ ।

तिमल्सेनाले २०३२ देखि २०३७ को अवधिमा लेखिएका ३७ कवितालाई सङ्गृहीत गरेर ‘खोजखाज’ कवितासङ्ग्रह (२०७७) बजारमा ल्याएका हुन् ।

जनकवि युद्धप्रसाद मिश्र, प्रगतिवादी कविताः मान्यता र प्रवृत्ति, स्वच्छन्दतावादी कविताः मान्यता र प्रवृत्ति, युद्धप्रसाद मिश्र र उनका कविता, नेपाली कविताको विवेचनालगायतका कृति प्रकाशित गरिसकेका तिमल्सेना पछिल्लो समय समीक्षा, समालोचना विधामा क्रियाशील छन् ।

कविता रुचिको विषय नबने पनि बन्दाबन्दीलाई सदुपयोग गर्दै लेखिएका कविता खोजखाज गरेर कृति प्रकाशन गरेको उनको दावी छ ।

पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुखसमेत रहेका तिमल्सेना विभिन्न सम्मान पुरस्कारबाट विभूषित भइसकेका छन् भने उनीसँग विभिन्न पत्रपत्रिका र कृति सम्पादनको अनुभवसमेत रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • देवघाटमा मकर काव्य यामिनी

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    देवघाट । महेश संस्कृत गुरुकुल देवघाट, तनहुँको आयोजना तथा लेखनाथ साहित्य प्रतिष्ठान, पोखराको आतिथ्यमा २२ औं मकर काव्य यामिनी सम्पन्न…
  • हेमजा रेडक्रसको निबन्ध

    आदर्श समाज सम्वाददाता माघ १, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा ज्ञानसागर एकेडेमीकी नीकिता भण्डारी प्रथम भएकी छन् ।…
  • पर्यटनको विकासमा संगीतको महत्व उच्च

    आदर्श समाज सम्वाददाता पौष २६, २०८१
    पोखरा । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ । नेपालको पहिलो होम…
  • पोखरामा ‘गण्डकीका धुनहरू’

    आदर्श समाज सम्वाददाता पौष २६, २०८१
    पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठानले पोखरा सांगीतिक कलाकार संघको सहकार्यमा शनिबार मौलिक लोकभाकाको प्रस्तुति ‘गण्डकीका धुनहरू (अर्केष्ट्रा)’ संचालन गर्दैछ । बिहीबार…
  • श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट कार्की सम्मानित

    आदर्श समाज सम्वाददाता पौष २०, २०८१
    पोखरा । यस वर्षको श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित भएका छन् । शनिबार पोखरामा आयोजित समारोहमा…

hero news full width