गण्डकीमा थप ३० संक्रमित

Avatar आदर्श समाज सम्वाददाता
असाेज १४, २०७७

पोखरा, १४ असोज । गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तिमा नवलपुरका २८ जना, कास्की र गोरखाका एक/एक जना रहेका छन् ।

नवलपुरका सबै संक्रमित गैंडाकोटका हुन् भन् कास्कीको अन्नपूर्ण र गोरखाका आरुघाटका हुन् ।

संक्रमित सबै कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ६३ पुगेको छ ।