धनुष नेफ्स्कुनको प्रोवेसन कार्यक्रममा

आदर्श समाज सम्वाददाता
असाेज १४, २०७७
dhanus sahikari progrem photo

हेमजा । पोखरा–९, दरबारथोकमार्गस्थित धनुष बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कुनको गुणस्तर सुनिश्चिततासम्बन्धी राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण कार्यक्रम ‘प्रोवेसन’ मा आबद्ध भएको छ।

यस सम्बन्धमा सोमवार नेफ्स्कुन र संस्थाबीच सम्झौता भएको छ । कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ अधिकृत भरत न्यौपाने तथा अनुगमन अधिकृत सूर्यप्रसाद तिमिल्सिना र संस्थाको तर्फबाट अध्यक्ष राजाराम सुवेदी लगायत सञ्चालक तथा लेखा समितिका सदस्यको उपस्थिति थियो।

दरबारथोकमार्गमा केन्द्रीय कार्यालय र अन्नपूर्ण गाउँपालिकाको नागडाँडा र नयाँपुलमा गरी ३ वटा कार्यालयबाट सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको धनुष साकोसको हालसम्मको वासलात २६ करोड र सदस्य संख्या कुल ७ हजार ८ सय रहेका छन् ।

उक्त सहकारीले बन्दाबन्दीमा पनि सदस्य सेवालाई निरन्तर दिन जोड दिँदै आएको थियो । नेफस्कूनले दिएको मार्गनिर्देशन अनुरुप प्रोवेसनमा सहभागी भएपश्चात ब्राण्ड प्राप्त गर्ने दिशामा अगाडि बढ्ने आफूहरुको लक्ष्य रहेको सहकारीका अध्यक्ष राजाराम सुवेदीले बताए।

यसैबीच कोभिड–१९ का कारण आन्तरिक सुशासन, तरलता व्यवस्थापन, ऋण लगानीमा विविधिकरण, व्यवसाय वृद्धि लगायत नयाँ सम्भावनाको खोजी गरिरहेका वित्तीय सहकारीहरु पछिल्लो समय नेफ्स्कुनको गुणस्तर सुनिश्चितताका विभिन्न कार्यक्रममा आबद्ध हुने क्रम बढेको जनाइएको छ।

केही दिनअघि मात्र पोखरास्थित श्री बिहानी साकोस, सरल नमूना साकोस पनि प्रोवेसन कार्यक्रममा आबद्ध भएका छन्। हालसम्म २ सय बढी सहकारीहरु उक्त कार्यक्रममा आबद्ध भएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width