न्युयोर्क, १४ असोज : संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मदले कोरोना भाइरस विरुद्धको खोपका लागि सहयोगको आह्वान गरेका छन् ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका विरुद्धमा खोप विकास गरी उपचार गराउन ३५ अर्ब अमेरिकी डलरको आवश्यकता परेको उनले बताएका हुन् ।
“विश्व नै अहिले आपतकालिन अवस्थामा छ, त्यसको निवारणका लागि खोपको आवश्यकता पर्दछ, त्यसको विकास, उत्पादन र विक्रि वितरणका लागि ठूलो धनराशी चाहिने भएको छ,” उनले भने । राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विश्वव्यापी यो महामारी अत्यका लागि सवैले सहयोग गर्नु पर्नेमा जोड दिए ।
विश्वलाई पुनः पहिलेकै अवस्थामा फर्काउनका लागि आ–आफ्नो ठाउँबाट सबैले योगदान गर्नुपर्ने तथा स्वास्थ्य, बौद्धिक, अध्ययन अनुसन्धानका क्षेत्रबाट र नीति क्षेत्रबाट पनि प्रयासहरु भइरहेको उनले जानकारी दिए ।
न्युन तथा मध्यम आर्थिक अवस्था भएका देशहरुलाई सहयोगको थप आवश्यकता भएको तर्फ उनले विश्वको ध्यान जानुपर्ने बताए ।
Related News
सम्बन्धित समाचार
कास्की आदर्श सेवा समाज, अन्तर्राष्ट्रिय समन्वय परिषदमा शिव बानियाँ
सहारा क्लब हङकङमा नयाँ कार्यसमिति
नेपाललाई चीनको ९ अर्ब अनुदान
सहारा क्लब हङकङ आयोजनामा दोस्रो बिल तामाङ स्मृति सहारा कप फुटबल
भारतीय प्रधानमन्त्री मोदीसँग आरजूको भेट
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१