नेपालमा कुल संक्रमित ७६ हजार, सक्रिय संक्रमित २० हजार पार

आदर्श समाज सम्वाददाता
असाेज १३, २०७७
corona_1

पोखरा, १३ असाेज । नेपालमा अघिल्लो महिनासम्म ३६ हजार कोरोना संक्रमित रहेकोमा यसको संख्या बढेर ७६ हजार पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ७६ हजार २ सय ५८ जना पुगेको छ । एक महिनाअघि सङ्क्रमितको संख्या हजार ३६ हजार ४ सय ५६ थियो ।

मन्त्रालयका अनुसार नेपालमा गएको २४ घण्टामा १ हजार ५ सय १३ जनामा संक्रमित थपिएका हुन् । सङ्क्रमितमा पुरुष ९ सय ५७ तथा महिला ५ सय ५६ रहेका छन् । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले तीमध्ये हाल २० हजार २ सय ९६ जना सक्रिय संक्रमित रहेको जनाए ।

यस्तै, काठमाडौँ उपत्यकामा ९ सय ३४ कोरोना सङ्क्रमित थपिए । तीमध्ये काठमाडौँका ७ सय ४७, ललितपुरका १ सय १४ र भक्तपुरका ७३ जना रहेका छन् । योसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको संख्या २३ हजार २ सय ६४ पुगेको छ ।

हालसम्म निको हुने संख्या ५५ हजार ३ सय ७१ जना पुगेको छ

पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ३१ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म निको हुने संख्या ५५ हजार ३ सय ७१ जना पुगेको छ । देशभरमा ९ हजार ६ सय ८९ जना संस्थागत आइसोलेसनमा बसेका छन् । पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९१ पीसीआर परीक्षण गरिएको थियो।

पछिल्लो समय १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ पुरुष तथा ३ महिला रहेका छन् । कुल संख्या ४ सय ९१ पुगेको छ ।

गौतमका अनुसार पछिल्लो पटक मृत्यु हुनेमा मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय, काठमाडौँका ६० र ७० वर्षीय चितवनका ५५ वर्षीय तथा बाँकेका ५३ वर्षीय र ३९ वर्षीय पुरुष रहेका छन् । यस्तै सर्लाहीकी ७२ वर्षीया, काठमाडौँकी ५७ वर्षीया तथा बाँकेकी ७६ वर्षीया महिलाको रहेकी छिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width