पोखरा १३ असोज । पोखरा महानगरपालिकाले अनलाइनमार्फत कृषकको वर्गीकरण गर्ने भएको छ । महानगरमा भित्रका कृषकलाई परिचयपत्र वितरण गर्नका लागि अनलाइनमार्फत आवेदन लिन सक्ने गरी वर्गीकरणको प्रक्रिया अगाडि बढाइएको महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
कडरियाका अनुसार महानगरले तयार पारेको वेबसाइटमा राखिएको अनलाइन दर्ता फारम भरेर कृषक सूचीकृत हुन सक्नेछन् । कृषकले सबै विवरण घरमै बसेर मोबाइलबाटै पनि भर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ । फारममा कृषकको सम्पूर्ण विवरण भरेर पेश गरेपछि उक्त विवरणकै पहिचान गर्न सहज हुने उनको भनाइ छ । कोरोना भाइरसको महामारीका बेला कार्यालयमा भीडभाड गर्नुभन्दा अनलाइनबाट काम गर्दा छरितो हुने विश्वास गरिएको छ ।
कडरियाले कृषि क्षेत्रमा संलग्न कृषकलाई संलग्न तालिकामा दिइए अनुसारको विवरण अनलाइनबाट भर्न कृषकलाई अनुरोध गरिएको छ । कृषकले पेश गरेको विवरण सम्बन्धित वडाले रुजु गरी सिफारिसका साथ महानगर कृषि तथा पशु विकास महाशाखामा पठाउने र सम्बन्धित किसानले परिचयपत्र नं र वर्गीकरण सहितको कार्ड प्राप्त गर्नेछन् । उक्त कार्यविधिमा केही परिवर्तन भएकाले विगतमा कार्ड लिएका कृषकले पनि पुनः फर्म भर्न उनको आग्रह छ ।
महानगरप्रमुख मानबहादुर जिसीले स्मार्ट महानगरको अवधारणासहित अघि बढेको जनाउँदै प्रविधिको प्रयोग गरेर कृषिमा थप जागरण ल्याउन र वास्तविक कृषकको पहिचान गर्न अनलाइन प्रविधिमा जोड दिएको बताए । कृषि क्षेत्रको समग्र विकासका लागि स्रोत साधनको न्यायोचित र प्रभावकारी व्यवस्थापन गरी वास्तविक कृषक लाभान्वित हुने सुनिश्चितता कायम गर्न यो प्रणाली महत्वपूर्ण रहने उनको विश्वास छ ।
Related News
सम्बन्धित समाचार
माझठानाका कृषकलाई तालिम
कास्कीको मादीमा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि…
फेदीखोलाको सर्केटारीमा प्रथम आलु प्रदर्शनी
रैथाने बाली संरक्षण गर्दै कृषि ज्ञान केन्द्र
विदेश पलायन रोक्न वालिङ नगरपालिकाले दियो दूधमा अनुदान
hero news full width
मुख्य समाचार
रोजगार खोज्दै मेलामा
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१