मराउँचे गोलडाँडा टोल विकासलाई सहयोग

श्रीभद्र पौडेल
असाेज १३, २०७७
marauche progrem photo

टोल विकास संस्थालाई सामग्री हस्तान्तरण गर्दै नेलम्बो परिवार ।

हेमजा, १३ असोज । नेलम्बो नेपालले सप्ताहव्यापी कार्यक्रम गरी ४१ औं सामाजिक सेवा दिवस मनाएको छ ।

जसअन्र्तगत दिवसको अन्तिम दिन सोमवार नेलम्बोले अन्नपूर्ण गाउँपालिका–३ स्थित मराउँचे गोलडाँडा काँडे बराह थान टोल विकास संस्थालाई स्वास्थ्य सुरक्षा सामग्री तथा डस्टविन वितरण गर्‍यो ।

जसअनुसार ७ वटा डस्टविन, डिटोल सावुन, एन ९५ माक्र्स र ब्रोसर गरी कुल रु.४६ हजार २५ वरावरका सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रम स्थानीय प्रगतिशील युवा क्लवको व्यवस्थापनमा भएको थियो ।

सो अवसरमा भनाई राख्दै प्रमुख अतिथि नेलम्बो नेपालका कार्यक्रम संयोजक डा. किसन कोइरालाले सामाजिक सेवा दिवसको अवसर पारी सहयोग गरेको स्पष्ट पार्दै सहयोगले कोभिड १९ संक्रमण नियन्त्रण तथा वातावरण संरक्षणमा भूमिका खेल्ने विश्वास लिए । उनले संस्थाको वारेमा जानकारी पनि दिर्दै आगामी दिनमा टोल तथा क्लबसँग आफूहरु हातेमालो गर्न तयार रहेको स्पष्ट पनि पारे।

संयोजक कोइरालाले मराउँचे पोखरा महानगरपालिका तथा अन्नपूर्ण गाउँपालिकाका केही वडाको खानेपानीको मुख्य स्रोत भएको थाहा पाएसँगै गाउँ बढी सरसफाई युक्त हुनुपर्ने मनासायका साथ पनि डस्वीन सहयोग गरेको स्पष्ट पारे।

विशेष अतिथी नेलम्बो नेपालका जनसम्पर्क सुपरिवेक्षक भीमप्रसाद भण्डारीले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आएको अवगत गराउँदै दुर्गम वस्तीमा सहयोग गर्नु संस्थाको धर्म भएको औँल्याए ।

प्रगतिशील युवा क्लवका पुर्व अध्यक्ष सुरज पौडेलले सेवा नै धर्म भएको जनाउँदै संस्थाले वास्तविक सहयोग गर्नुपर्ने स्थान छनोट गरी कार्यक्रम गरेको भन्दै खुसी व्यक्त गरे । कतिपय गैरसरकारी संस्थाले डलरको खेती गर्ने गरेको तर्फ संकेत गर्दै पौडेलले नेलम्बोमा भने आफूले त्यस्तो नपाएको उल्लेख गरे ।

टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद अधिकारीले सहयोगी संस्थाप्रति आभार प्रकट गर्दै सामग्रीको पूर्ण सदुपयोग गर्ने प्रतिवद्घता जनाए । उनले आफ्नो जन्मभूमिलाई माया गर्न सबैसँग अनुरोध समेत गरे ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width