पोखरा, १३ असाेज । यस वर्षको हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील दुर्गा घिमिरेलाई प्रदान गरिने भएको छ ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रत्येक २ वर्षमा प्रदान गर्ने १ लाख १ हजार रुपैयाँ राशीको सो पुरस्कार यसपालि घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको समिति सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । सो पुरस्कार नेपालमा धर्म, संस्कृति र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्ति वा संस्थालाई प्रदान गरिँदैआएको छ ।
यसअघि वरिष्ठ संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशी र गलेश्वर पीठाधीश स्वामी आत्मानन्द गिरीजी महाराज पुरस्कृत भैसकेका छन् ।
समिति संस्थापक अध्यक्ष हेमबहादुर प्रधानबाट संस्थापित तथा सोही समितिद्वारा सञ्चालित सो पुरस्कार संचालनार्थ १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।
समितिका कावा अध्यक्ष पवित्रराज रेग्मीको संयोजकत्वमा साहित्यकार सरुभक्त, पूर्व प्रशासक बाबुराम आचार्य, संस्थापक प्रतिनिधि रविन्द्र प्रधान तथा समितिका सचिव तीर्थ श्रेष्ठ सदस्य रहेको समितिले महिला शसक्तिकरणको क्षेत्रमा निरन्तर क्रियाशील घिमिरेलाई यस वर्षको पुरस्कार दिने निर्णय गरेको हो ।
सुनसरीकी घिमिरेले त्रिविबाट अर्थशास्त्रमा एमए र कानूनमा स्नातक गरेकी छिन् । २०३३ सालदेखि सामाजिक सेवा र महिला अधिकारको क्षेत्रमा उनी क्रियाशील छिन् । मानवअधिकार, चेलिवेटी बेचबिखनको विरुद्धको अभियानमा सबैभन्दा पहिला राष्ट्रिय रुपमा बहसको विषय बनाई उठान गर्ने पहिलो व्यक्तिका रुपमा घिमिरेलाई हेरिन्छ ।
२०४४ सालमा एबीसी नेपाल संंस्था स्थापना गरी महिला बेचबिखनविरुद्ध लागेकी थिइन् । उनले हालसम्म ३ हजार चेलीहरुको उद्धार तथा समाजमा पुनस्र्थापना गरी उनीहरुको जीवनलाई रुपान्तरण गर्न सफल भएकी छन् ।
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१