गाँजासहित २ पक्राउ

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७७

स्याङ्जा । गाँजासहित स्याङ्जामा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनचौपारी–२ का तुलबहादुर क्षत्री र कृष्णबहादुर गुरुङ हुन् । प्रहरीले उनीहरुको साथबाट ३ किलो १ सय २४ ग्राम गाँजा बरामद गरेको हो ।

अर्जुनचौपारी–२, मजुवाका २२ वर्षीय कृष्णबहादुरको कोठाबाट हरियो ८४ ग्राम सुकेको ४० ग्राम गाँजा र बम्फु बाँसका चिलिम, स्टिल पेपर समेत भेटिएको थियो।

यस्तै, ६३ वर्षे तुलबहादुरको घरबाट लागुऔषध गाँजा ३ किलो भेटिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनीहरु दुवैलाई स्याङ्जा अदालतले आइतवार २५ दिनको म्याद थपको आदेश गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width