हावाबाट कोरोना सर्दैन

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७७
Corona

पाेखरा, १२ असाेज । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिले नेपालमा हावाबाट कोरोना सर्छ भन्दै विभिन्न अनलाइन मिडियामा आएका समाचारप्रति सत्यता नभएको प्रष्ट पारेको छ ।

समितिका संयोजक डा सञ्जीव सापकोटाले भने, “दुई मिटरसम्मको दूरीमा एक अर्काका कोरोना भाइरस गर्दैन, कारोेना भाइरस हावाबाट अर्कोमा सर्ने सम्भवना निकै कम हुन्छ ।”

स्वास्थ्य समितिले कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको जानकारी दिँदै बाहिर निस्कने समय मास्क लगाउन गर्न आग्रह गरेको छ । कोरोनाका कारण विश्वव्यापी लकडाउनपछि आत्महत्यामा भएको वृद्धिप्रति पनि चिन्ता व्यक्त गर्दै आफ्नो परिवारभित्र एकले अर्कोलाई प्रशस्त समय दिन पनि समितिले सुझाव दिएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार हालसम्म १७ देशमा रहेका २ सय ६५ नेपालीको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width