म्याग्दी, ११ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पहिरोको कारण उच्च जोखिमा रहेको वडा नं. ४ कोप्चेपानीका २३ घर परिवारलाई सुरक्षित स्थानमा सारेको छ । बस्ती तल बग्ने कालीगण्डकी नदीको कटान र अविरल बर्षातका कारण बस्ती माथिबाट खसेको पहिरोले कोप्चेपानीको बस्ती उच्च जोखिममा परेपछि सोही वडाको भालेबासमा त्रिपालको अस्थायी टहरामा सारिएको हो ।
गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन, प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदी र वडा अध्यक्ष चन्द्रप्रसाद फगामी सहितको टोलीद्वारा स्थलगत निरीक्षणपछी शनिबार भालेबासमा अस्थायी टहरा निर्माण गरी आइतबार २३ घर परिवारलाई सारिएको हो । स्थानीयको व्यक्तिगत जग्गामा टहरा बनाएर अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।
‘कालीगण्डकी नदीको कटान र बुधबार परेको अविरल बर्षातका कारण बस्ती माथिबाट खसेको पहिरोले बस्ती नै उच्च जोखिममा परेपछि कोप्चेपानीका २३ घरपरिवारलाई भालेबासमा अस्थायी टहरा बनाई सारिएको छ,’–अध्यक्ष गर्बुजा पुनले भने, ‘जुनसुकै समयमा पनि पहिरो खस्न सक्ने सम्भावना भएकाले दीर्घकालीन व्यवस्थापनका लागि बस्ती स्थानान्तरणका लागि हामीले जिल्ला प्रशासन कार्यालय मार्फत पहल थालेका छौं ।’ पहिरोको उच्च जोखिममा रहेको कोप्चेपानीमा खानेपानीका लागि गाउँपालिकाले ४ सय मिटर फाइप उपलब्ध गराएको अध्यक्ष गर्बुजा पुनले जानकारी दिए । पहिरोले बस्ती माथिको जमिन चिराचिरा परेको छ ।
सबै परिवारलाई एकरएक वटा त्रिपालले छाएको टहरा बनाएर राखिएको छ । जिल्ला प्रशासन कार्यालयले १५ थान त्रिपाल र एक रोल म्याट्रेस उपलब्ध गराएको छ । यसैगरी गाउँपालिकाले २३ परिवारलाई प्रति परिवार ओढ्ने ओछ्याउने कम्बल र म्याट्रेस उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । घरका महत्वपूर्ण कागजात, अन्नपात, लत्ताकपडासहित सामान टहरामा सरेका छन् ।
यसैगरी अध्यक्ष गर्बुजा पुनले कोप्चेपानीका आमा समूहलाई दश हजार रुपैयाँ सहयोग गरेका थिए । टहरा बनाउने कार्यमा अध्यक्ष गर्बुजा सहित प्रमुख प्रशासकीय अधिकृत सुवेदी, वडा अध्यक्ष फगामी, महिला सदस्य पवित्रा खड्का समाजसेवी बेलबहादुर पुर्जा लगायतले सहजिकरण गरेका थिए । पहिरोको उच्च जोखिममा रहेको वडा नं. ३ का १३ घरपरिवारलाई अस्थायी टहरा निर्माण गरी सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले यसअघि बुधबार अविरल बर्षातका कारण बस्ती माथिबाट खसेको पहिरोको उच्च जोखिममा रहेको वडा नम्बर ३ जलथलेका ३ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ । भालेबासमा निर्माण गरिएको अस्थायी टहरा ।
Related News
सम्बन्धित समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१