बागलुङमा ३१ जनालाई कोरोना संक्रमण पुष्टि

राजेशचन्द्र राजभण्डारी
असाेज ११, २०७७
corona_1

बागलुङ, ११ आश्विन । बागलुङ, ११ असोज । बागलुङ जिल्लाका चार पालिकामा गरि ३१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा गल्कोट नगरपालिकाका १४ जना, काठेखोला गाउँपालिकाका १० जना, जैमिनी नगरपालिकाका २ जना र बागलुङका पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्य बागलुङ नगरपालिकाका एक जना समुदायका हुन् भने अन्य जापान, क्यानडा, दुबई, ओमन र भारतदेखि आई क्वारेन्टाइनमा बसिरहेका रहेको क्षयरोग, कुष्ठरोग निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।

आज (आईतबार) बागलुङ जिल्लाको गल्कोट नगरपालिका–३ का ४ वर्षीय बालिकासहित, २० वर्षीय पुरुष, १९ वर्षीय पुरुष, ५९ वर्षीय पुरुष, ५१ वर्षीय पुरुष, ३९ वर्षीय पुरुष, ७७ वर्षीय पुरुष र ७७ वर्षीया महिला रहेका छन् भने वडा नम्बर १ का ४७ वर्षीय एक जना पुरुष, वडा नम्बर ४ का एक जना ६९ वर्षीया एक महिला, वडा नम्बर ५ का २१ र २२ बर्षिय दुई जना पुरुष र वडा नम्बर ६ का ३५ र ५२ वर्षीय दुई जना पुरुषलाई संक्रमण पुष्टि भएको घिमिरेले बताए । गल्कोटका संक्रमितहरु मध्य तीन जना जापान, दुई जना दुबई, एक जना क्यानडा, एक जना ओमनदेखि आएका हुन् भने अन्य भारतदेखि आइ क्वारेन्टाइनमा बसिरहेको घिमिरेले जानकारी दिए ।

यस्तै काठेखोला गाउँपालिकामा भारतबाट आएर क्वारेन्टाइनमा बसेका वडा नम्बर ४ का ५२, ४१, ५२, ५७, २८ र २२ वर्षीय ६ जना पुरुष, वडा नम्बर ३ का ४१ र ४१ वर्षीय दुई जना पुरुष, वडा नम्बर ७ का ४५ वर्षीय एक जना पुरुष, वडा नम्बर ८ का ४१ वर्षीय एक जना पुरुषलाई संक्रमण पुष्टि भएको क्षयरोग, कुष्ठरोग निरीक्षक घिमिरेले बताए ।

यस्तै बागलुङ नगरपालिका–१० का ४३ वर्षीय एक जना पुरुष, वडा नम्बर ६ का ५२ र ४० वर्षीय एक जना पुरुष, वडा नम्बर २ का २२ वर्षीय एक जना पुरुष र वडा नम्बर ३ का २८ वर्षीय एक जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु मध्य बानपा–६ का ५२ वर्षीय पुरुष समुदायका रहेको र अन्य भारतदेखि आई क्वारेन्टाइनमा बसेको बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । समुदायका संक्रमित होम क्वारेन्टाइनमा बसिरहेको प्रमुख खनालले बताए ।

यस्तै जैमिनी नगरपालिका वडा नम्बर १ का ४० वर्षीय र वडा नम्बर ५ का २२ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनीहरु पनि भारतदेखि आई क्वारेन्टाइनमा बसेको हुन् ।

जैमिनी र काठेखोला गाउँपालिकाका संक्रमितहरुलाई धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमा, बागलुङ नगरपालिकाका बानपा–१ बाङ्गेचौरमा रहेको धौलागिरी बहिरा आवासिय माध्यमिक विद्यालयको आइसोलेसन कक्षमा र गल्कोट नगरपालिकाका संक्रमितहरुलाई गल्कोट नगरपालिकाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको घिमिरेले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width