एकल बृद्ध अधिकारीलाई सहयोग

श्रीभद्र पौडेल
असाेज ११, २०७७
lahachook progrem photo

हेमजा, ११ असोज । माछापुच्छ्रे–४, लाहाचोक समीबगर निवासी बृद्घ एकल महिला कली अधिकारीलाई सहयोग हस्तान्तरण गरिएको छ । स्थानीय भिरकटेराकी बसन्ती बास्तोलाले खाद्यान्न तथा आवश्यक सामाग्री सहयोग गरेकी हुन् ।

बास्तोलाले लाहाचोक युवा सञ्जालद्वारा महिला दिदीबहिनीहरुको क्षमता विकास एवम् पहिचानका लागि आयोजित अनलाईन तीज नृत्य प्रतियोगितामा प्रथम भएकोमा उक्त पुरस्कार आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्ने घोषणा गरेकी थिइन् । जसअनुसार अधिकारीलाई सहयोग गरिएको हो ।

सहयोग सामग्री ग्रहण गर्दै अधिकारीले घरको आर्थिक अवस्था कमजोर रहेको तथा बुढेसकालको साहारा सरकारले दिएको सामाजिक सुरक्षा भत्ता मात्र रहेको स्पष्ट पारिन् ।

यसै वर्ष सम्पन्न प्रतियोगिता लगतै सहयोग गर्ने सोच बनाएको भएता पनि कोरोना माहामारीको अवस्थाले गर्दा ढिलै भएपनि सहयोग गर्न पाएकोमा आफु सन्तुष्ठ रहेको बास्तोलाको भनाई छ ।

Related News

सम्बन्धित समाचार

hero news full width