म्याग्दी, ११ असोज । म्याग्दीका बाढीपहिरो पीडितलाई मगर संघले राहत वितरण गरेको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत, मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको राहत जिल्लाका बाढी पहिरो पीडित परिवारलाई वितरण गर्न गरिएको हो । सोही अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३, का बाढीपहिरो पीडितलाई राहत वितरण गरिएको छ । वडा नम्बर ३ कोे काभ्रे, द्वारी, तितर फगामका २४ बाढी पहिरो पीडितलाई वितरण गरिएको हो ।
बाढी पहिरोमा बेपत्ता बलबहादुर गर्बुजाको र मृतक झलकबहादुर पुन मगरका प्रति परिवार पाँच हजार रुपैयाँ दरले दश हजार रुपैयाँ सहित तीन हजार रुपैयाँ बराबरको खाद्यान्न तथा अन्य पीडित परिवारलाई प्रति परिवार तीन हजार रुपैयाँका दरले ८२ हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको हो । सो खाद्यान्न तथा नगद गाउँपालिका अध्यक्ष तथा नेपाल मगर संघ म्याग्दीका सल्लाहकार क्याप्टेन डमबहादुर गर्बुजा पुन र मगर संघ म्याग्दीकी अध्यक्ष डकमाया पाइजाले वडा अध्यक्ष नरसिंहबहादुर पुर्जा मार्फत नगद र खाद्यान्न वितरण गरिएको थियो ।
गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले सहयोगी दाताहरुलाई धन्यवाद दिए । अविरल बर्षाका कारण बाढीपहिरोबाट अन्नपूर्णमा ठुलो क्षति भएको क्याप्टेन गर्बुजाले बताए । पीडित परिवारलाई गाउँपालिकाले तत्काल राहत उपलब्ध गराएको जानकारी गराए ।
मगर संघ म्याग्दीकी अध्यक्ष पाइजा मगरले मंगर संघ केन्द्रीय समितीको आह्वान, अन्तर्राष्ट्रिय महासंघको समन्वय मगर संघ बेलायत, मगर संघ हङकङ र मगर संघ जिल्ला समन्वय समिती म्याग्दीले संकलन गरेको राहत पीडित परिवारलाई वितरण गरिएको बताइन् । कमजोर भुुगोल, भूमिगत पानी, सडक निर्माण तथा नदीको कटानले पहिरो गएको वडा अध्यक्ष पुर्जाले बताए ।
यस्तै जिल्लाको धवलागिरी र मालिका गाउँपालिकामा पनि राहत वितरण गरिने सचिव खमबहादुर थापा मगरले जानकारी दिए । उनका अनुसार जिल्ला उपाध्यक्ष लोकबहादुर पुन ‘लोकेश’को नेतृत्वमा सो राहत वितरण गरिने भएको छ । बेनी नगरपालिका वडा नम्बर २ भकिम्लीका पीडित परिवारलाई बीस हजार अन्य रघुगंगा, मालिका, धवलागिरी र मंगला गाउँपालिकामा पूर्ण क्षति भएका परिवारलाई प्रति परिवार पाँच हजार, मृतक र बेपत्ता परिवारलाई प्रति परिवार दश हजार रुपैयाँका दरले राहत वितरण गरिने छ । जिल्लाभरका बाढीपहिरो पीडितलाई पाँच लाख रुपैयाँ बराबरको राहत वितरण गरिने जिल्ला सचिवालय सदस्य हिराबहादुर पुनले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
कुमाल बस्तीमा सुरु भयो उपचार
सिद्धार्थ राजमार्ग अब आर्थिक कोरिडोर
मुद्दा मिलाउने भन्दै १ करोड माग्ने पक्राउ
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
hero news full width
मुख्य समाचार
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान
पुनस्र्थापित संसदको पहिलो बैठकमै अवरोध
फागुन २४, २०७७संसद् बैठकमा सभामुखको लिखित मन्तव्य
फागुन २३, २०७७ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
फागुन २३, २०७७घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
फागुन २३, २०७७सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७