पोखरा, ११ असोज । गण्डकी प्रदेशमा हाल कोरोनाका १ हजार ७७ जना सक्रिय संक्रमित छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा सक्रिय संक्रमितको संख्या पछिल्लो समय १ हजार ७७ पुगेको हो । उनीहरु सबै आइसोलेसनमा छन् ।
प्रदेशमा कुल संक्रमित संख्या ३६७३ पुगेको छ । शनिबारमात्रै ४१ जना संक्रमित थप भएका हुन् । हालसम्म ६७ हजार १ सय ८४ जनाको नमुना संकलन भएकोमा ६३ हजार ५ सय ११ लाई कुनै पनि संक्रमण देखिएन ।
प्रदेशमा हालसम्म २ हजार ५ सय ६३ जना अर्थात् (६९ दशमलब ७७ प्रतिशत) निको भएका छन् । कोरोना संक्रमितमध्ये ३३ जनाको मृत्यु भएको छ । तीमध्ये सबैभन्दा बढी कास्की जिल्लाका ११ जना छन् । त्यस्तै गोरखा ६, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ६, तनहुँ ५, स्याङ्जा ३, बागलुङ र म्याग्दी १–१ जना छन् ।
आइसीयूमा मात्र ६ जनाको उपचार भइरहेको छ । भेन्टिलेटरमा कोही पनि छैनन्
होम आइसोलेसनमा ३ सय ७३ जना छन् । तीमध्ये कास्कीका २ सय ६४, नवलपरासी ६४, तनहुँ २३, गोरखा २१ र बागलुङका १ जना छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयूमा मात्र ६ जनाको उपचार भइरहेको छ । भेन्टिलेटरमा कोही पनि छैनन् ।
प्रदेशमा ७१ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएकोमा ३८ सक्रिय केस हुन् । गण्डकीमा क्वारेन्टाइनमा हाल ५ सय ९ जना बसेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
hero news full width
मुख्य समाचार
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१