खुँदीखोलामा फेरि बाढी, बस्ती बगायो

कविराज खनाल
असाेज ११, २०७७
ganesh Prasad adhikari

बाढीले विस्थापित गणेशप्रसाद अधिकारीको परिवार र उनका सामान । तस्वीर: कविराज ।

लेखनाथ, ११ असाेज । अविरल वर्षापछि पोखरा–३०, शान्तिटोलमा खुँदीखोलामा आएको बाढीले बस्ती बगाएको छ ।

शुक्रवार रातिको बाढीले स्थानीय गणेशप्रसाद अधिकारी, दीपक परियार, डम्बरबहादुर परियार र माया विश्वकर्माको घर पूर्ण रुपमा क्षति भएको हो । अन्य स्थानीय परिवारको घरबारी जोखिममा परेका छन् । केही दिनअघि पनि खुँदी खोलामा बाढी आएको थियो ।

बाढीले स्थानीयको सहयोगमा नजिकैको मजुवा प्लटिङमा उनीहरुका सरसमान, लत्ताकपडा र वस्तुहरु व्यवस्थापन गरिएको छ ।

विस्थापितलाई राहतका लागि विभिन्न संघसंंस्था र पोखरा महानगरपालिका विपत् व्यवस्थापनमा समेत सूचना गरिसकेको जानकारी वडाध्यक्ष श्रीराम पोख्रेलले दिए ।

त्यस्तै, अविरल वर्षाका कारण वडा ३० र ३२ जोड्ने सातमुहानेमा रहेको सामुदायिक मोटरेबल पुल जोखिममा परेको छ । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग र जिविस कास्कीको सहयोगमा २०६५ सालमा सो पुल निर्माण गरिएको थियो ।

उता, बाढीले गगनगौँडा र सातमुहाने जोड्ने कल्भर्ट समेत पूर्ण रुपमा क्षति भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width