क्याम्पस प्रमुखको कोरोनाबाट मृत्यु

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७७
Corona Death

फाइल फोटो ।

पोखरा, १० असाेज । बर्दियास्थित बबई क्याम्पस प्रमुखको कोरोना संक्रमणका लागि मृत्यु भएको छ ।

गुलेरिया–७ घर भएका क्याम्पस प्रमुख ५० वर्षीय विनोद अग्रवालको शनिबार दिउँसो बाँकेस्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।
बाँकेका जिल्ला फोकलपर्सन नरेश श्रेष्ठका अनुसार अग्रवालमा असोज ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको त्यसको २ दिनअघि स्वाब कलेक्सन गरी भेरी अस्पतालमा पिसिआर परीक्षण भएको थियो । उनमा कोरोना पुष्टि भएपछि होम आइसोलेसन बसेका थिए।

उनमा शनिबार मध्यान्ह १२ बजेतिर स्वासप्रश्वासमा समस्या भएपछि दिउँसो भेरी अस्पताल लगिएको थियो। अस्पताल ल्याएर आइसोलेसन वार्डमा लैजाँदै गर्दा उनको मृत्यु भएको श्रेष्ठले बताए। उनी फोक्सोको क्यान्सर रोगी समेत थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width