ट्रक ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७७
accident

चितवन, १० असोज । भरतपुर महानगरपालिका वडा १२ टिकौली जङ्गलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गमा रत्ननगरबाट भरतपुरतर्फ आईरहेको ना ५ ख १३६४ नं.को ट्रकले ना ६४ प ८३६३ नं. को मोटरसाइकललाई शुक्रबार राति ९ः५० बजे ठक्कर दिँदा गिरी गम्भिर घाइते भएका थिए । गिरीको उपचारका क्रममा भरतपुर अस्पतालमा शुक्रबार राति मृत्यु भएको हो । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width