नवनियुुक्त काउन्सिल अध्यक्ष बुढाथोकी (दायाँ) को साथ काउन्सिलका निवर्तमान कावा अध्यक्ष श्रेष्ठ
काठमाडौँ, ९ असोज । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा वरिष्ठ पत्रकार गोपाल बुढाथोकी नियुक्त भएका छन् ।
शुक्रबार बसेको काउन्सिल सञ्चालक समितिको बोर्ड बैठकले काउन्सिल ऐन २०४८, अनुसार बुढाथोकीलाई कार्यवाहक अध्यक्षमा चयन गरेको काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झवीन्द्र भुसालले जानकारी दिए । उनका अनुसार निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट दिएको राजीनामा स्वीकृत गरेपछि बुढाथोकीलाई कार्यवाहक अध्यक्ष तोकिएको हो ।
साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई सरकारले २०७५ साल साउनमा काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो । कार्यवाहक अध्यक्ष बुढाथोकीले शुक्रबार नै पदभार ग्रहण गरेको प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिए । निवर्तमान कार्यवाहक अध्यक्ष श्रेष्ठले शुक्रबार बोर्डसमक्ष दिएको राजीनामा स्वीकृत गरिएको हो ।
तीन वर्षअघि तत्कालीन अध्यक्ष भवानीप्रसाद बरालको नियुक्तिलाई सर्वोच्च अदालतले रोक लगाएपछि रिक्त अध्यक्ष पदमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो । कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिए पनि श्रेष्ठ काउन्सिल सदस्यको पदमा भने असोज १२ गतेसम्म रहने छन् ।
Related News
सम्बन्धित समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
नाइकेको विषयमा कारागार भित्रै झडप
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
hero news full width
मुख्य समाचार
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
फागुन १६, २०७७देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७