रोटरीद्वारा पत्रकार पुरस्कृत

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७७

पाेखरा, ९ असाेज । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले स्थापना गरेको वासु रोटरी भोकशनल अन गुड गभर्नेन्स रोटरी वर्ष २०१९–२० का लागि खोजी पत्रकारितामा संलग्न २ पत्रकारलाई दिने निर्णय गरेको छ ।

दश लाखको उक्त पुरस्कार छापा माध्यमका तर्फबाट आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाल र अनलाइन माध्यमका तर्फबाट हाम्राकुरा डट कम अनलाइनका सम्पादक अजयबाबु शिवाकोटीलाई दिने निर्णय भएको हो । प्रत्येक २ वर्षमा प्रदान गरिने उक्त अवार्ड यस पटक पुरस्कृत व्यक्ति र संस्थालाई जनही ५–५ लाखका दरले वितरण गरिने रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर २०१९–२० किरणलाल श्रेष्ठले जानकारी दिए ।

उक्त पुरस्कार इ. रोटरियन सुरेन्द्रगोविन्द जोशीले आफू र आफ्नी श्रीमती बद्रीलक्ष्मीका नाममा स्थापना गरेका हुन् । इ जोशी रोटरी क्लब अफ यल (पाटन ललितपुर)का संस्थापक सदस्य तथा पूर्वअध्यक्ष हुन् ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गर्दै आएको ‘रोटरी जर्नाे अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० का लागि प्रत्येक प्रदेशका ७ उत्कृष्ट पत्रकार र शिक्षा, स्वास्थ्य, वातावरण तथा महिला बालबालिकालगायत विधामा निरन्तर कलम चलाउने ५ पत्रकारलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि जनही २५ हजार छ ।

रोटरी वर्ष २०१९–२० मा सो अवार्ड आर्थिक पत्रकारिता क्षेत्रबाट पुष्पराज आचार्य (स्वतन्त्र पत्रकार) काठमाडाै, वातावरण पत्रकारिता क्षेत्रबाट टीका बन्धन (अन्नपूर्ण पोष्ट दैनिक) काठमाडौँ, शिक्षा पत्रकारितातर्फ दीपेन्द्रप्रसाद सिंह (न्यूजकारोवार डटकम) धनुषा, स्वास्थ्य क्षेत्रबाट सम्झना महर्जन (रेडियो सगरमाथा), काठमाडौँ र महिला सञ्चारकर्मीतर्फ विनिता रिजाल (नेपाल टेलिभिजन) काठमाडौँले पाए ।

प्रदेशअन्तर्गत विनु तिमल्सिना (नेपाल टेलिभिजन) मोरङ, श्याम बन्जारा (आवाज एफएम) पर्सा, कमला हमाल (जनता टिभी) काठमाडाै, दीपेन्द्र श्रेष्ठ (अन्नपूर्ण एफएम) कास्की, लक्ष्मी आचार्य (नयाँ युगबोध दैनिक र समरेखा मासिक) दाङ, भीमबहादुर सिंह (कान्तिपुर दैनिक) जाजरकोट र उन्नति चौधरी (केरिन्युज डटकम कैलाली) लाई वितरण गरिने छ ।

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…

hero news full width