ललितपुर मेयर चिरिबाबुलाई कोरोना पुष्टि

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७७
chiribabu maharjan

काठमाडौं, ९ असोज । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबारसम्म कोरोना संक्रमितको घरघरमा पुगेर आवश्यक सामग्री वितरण र विभिन्न कार्यक्रममा सहभागी महर्जन कोरोना देखिएपछि उनी अहिले होम आइसोलेसनमा बसेका छन् । स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार उनमा कोरोना पुष्टि भएको हो ।

सरकारले तोकेको होम आइसोलेसनको पूर्वाधार भएकोले बखुण्डोलस्थित आफ्नै घरमा आइसोलेसनमा बसिरहेको उनले बताए ।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण भएको थियो । मेयर शाक्यलाई भदौ १५ गते कोरोना पुष्टि भएकोमा २८ कोरोनामुक्त भएका थिए ।

Related News

सम्बन्धित समाचार

  • पुस्तक दिवसमा पुस्तक साटासाट

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पोखरामा पुस्तक साटासाट गरी मनाइएको छ । ¥यान्डम रिडर्स सोसाइटीले मंगलबार आयोजना…
  • गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • स्वदेश फर्किए कतारी अमिर

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा ।  नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। उनलाई…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…

hero news full width