फोर्स दशैं आर्शीवाद उपहार योजना

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७७
force Dashain Offer photo

फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्र्तगत आयाम इन्टरकन्टिनेन्टलले दशैं आर्शीवाद उपहार योजना ल्याएको छ ।

दशैंतिहारको अवसरमा ग्राहकको सुविधालाई ध्यानमा राखेर दशैं आर्शीवाद उपहार योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

अफर अन्र्तगत फोर्स मोटर्सको १४ सिट क्षमता भएको ट्राक्स क्र्र्रुजर जीप खरिदमा “९ महिनासम्म किस्ता र व्याज तिर्न नपर्ने”, रु ९ लाख डाउन पेमेन्टमा गाडी खरिद गर्न सकिने अथवा कुपनमार्फत रु. २ लाख देखि १० लाखसम्म नगद मध्ये कुनै एक अफर रोजी रोजी लिन सकिने योजना रहेको हिमालय अर्गनाइजेशनका अध्यक्ष ध्रुव थापाले बताए ।

यसैगरी ट्राक्स कार्गोकिङ पिक अपको खरिदमा “८ महिनासम्म किस्ता ब्याज तिर्न नपर्ने”, रु ५ लाख ५० हजार डाउन पेमेन्टमा गाडी खरिद गर्न सकिने अथवा कुपनमार्फत रु १ देखि ५ लाखसम्म पक्का नगदमध्ये कुनै एक अफर रोज्न सकिनेछ ।

त्यस्तै २६ सिट क्षमता भएको ट्राभलर टि २ मिनीबसको खरिदमा ७ महिनासम्म किस्ता ब्याज तिर्न नपर्ने, रु १२ लाख मात्र डाउनपेमेन्टमा गाडी लिन सकिने अथवा कुपनमार्फत रु २ देखि ६ लाख सम्म पक्कामध्ये कुनै एक अफर रोजेर लिन सकिने सुविधा रहेको जनाइएको छ ।

विगत ७ वर्षदेखि फोर्स मोटर्स लि. ले नेपालमा आफ्नो आधिकारिक आयातकर्ता÷बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिमार्फत आफ्ना गाडिहरुको विक्रि वितरण गर्दै आइरहेको छ । कम्पनीले सबैभन्दा धेरै सिट क्षमताको जिप (१४ सिट) र ३ वर्ष वा ३ लाख कि.मि. को इन्जिन वारेन्टी भएको मर्सिडिज बेन्ज इन्जिन जडित जीप तथा पिकअप, डेलिभरी भ्यान, बसलगायतका गाडिहरुको आयात तथा बिक्री वितरण गर्दै आएको हिमालय अर्गनाइजेशन र आयाम इन्टरकन्टिनेन्ट प्रा लि का अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

आयाम इन्टरकन्टिनेन्टलले काठमाण्डौंको गैह्रिधारा, पोखराको चाउथे, सुनसरीको इटहरी, मकवानपुरको हेटौडामा आफ्नै शोरुम संचालनमा ल्याएको छ । स्थानीय डिलरको रुपमा चितवनको भरतपुर, झापाको विर्तामोड, धनुषाको जनकपुरका डिलरमार्फत् फोर्सको विभिन्न मोडेलका गाडिहरु बिक्री गरिरहेको छ । यी शोरुमहरुमा बिक्रीपछिका सेवासहितको सुविधा रहेको हिमालय अर्गनाइजेशनका महाप्रबन्धक मनोज इटनीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width