पोखरा, ८ असोज । भरतपोखरी विकास मञ्चको पहलमा पोखरा–३३ लप्सीकुनाका स्व.लेखबहादुर नेपालीका परिवारजनलाई डेढ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।
मिर्गौला रोगका कारण कारण ज्यान गुमाएका नेपालीको परिवारजनलाई मञ्चका पहलमा कुवेत बस्ने हुमनाथ गिरीले एक लाख रुपैयाँ सहयोग गरेका हुन् ।
गिरीसहित युवाउद्यमी प्रकाश श्रेष्ठले २० हजार, प्रकाश गौतमले १० हजार रुपैयाँ सहित माछापुच्छे टोल विकास संस्था, अन्नपूर्ण टोल विकास संस्था लगायतका संघसंस्था एवम् व्यक्तिबाट करिब डेढ लाख रुपैयाँ संकलन भएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए । मञ्चले समाजिक विकासका साथै मानवीय सहयोगका विभिन्न क्षेत्रमा काम गर्दै आएको उनले बताए ।
वडाध्यक्ष शिवप्रसाद आचार्यले मानवीय सेवा हामी सबैको कर्तव्य भएको धारणा राखे ।
माछापुच्छे टोल विकास संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलले समाजका असहाय व्यक्तिलाई सहयोग गर्नु मानवीय कर्तव्य भएको बताए ।
कार्यक्रममा रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, अन्नपूर्ण टोल विकास संस्थाका अध्यक्ष अम्बरबहादुर थापा, समाज सुधार आमा समूहद्वारका अध्यक्ष रमादेवी आचार्य, भरतपोखरी विकास मञ्चका कार्यसमिति सदस्य ऋषिमाया लामिछाने, आजीवन सदस्य राजकुमार लामिछाने लगायतको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल
hero news full width
मुख्य समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७