पोखरा, ८ असोज । पोखरा महानगरपालिका वडा नम्बर २० कार्यालय सिल गरिएको छ ।
कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा वडाध्यक्ष सहित अन्य जनप्रतिनिधि र कर्मचारी समेत परेपछि उनीहरुको रिपोर्ट नेगेटिभ नआउञ्जेल वडाका सम्पूर्ण कामकाज बन्द हुने गरी कार्यालय सिल गरिएको हो ।
असोज १ मा वडा एक महिलामा कोभिड–१९ संक्रमण पुष्टि भएपछि उनको कन्ट्रयाक ट्रेसिङमा परेका ४ मध्ये २ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । साथै उनीहरुको कन्ट्रयाक ट्रेसिङमा वडाध्यक्षसहित जनप्रतिनिधि र कर्मचारीहरु समेत परेकाले उनीहरुको बिहीबार स्वाब संकलन गरिएको र रिपोर्ट नआउञ्जेल वडा कार्यालय पूर्णरुपमा सिल गरिएको वडाध्यक्ष सिम गुरुङले जानकारी दिए ।
वडाले विज्ञप्ति जारी गरी वडामा पहिलो संक्रमितसँगको कन्ट्रयाक ट्रेसिङमा परेका थप २ जनामा कोरोना पुष्टि भएको र उनीहरुको कन्ट्रयाक ट्रेसिङमा वडाध्यक्षसहित जनप्रतिनिधि र कर्मचारी गरी २९ जनाको स्वाब संकलन भइसकेकोले रिपोर्ट नआउँदासम्म वडा पूर्ण रुपमा बन्द रहने र वडाबाट हुने कुनै पनि कामकाज समेत नहुने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
सक्षम सहकारीको पदस्थापन
हरिप्रसाद स्कुलमा लायन्सको खानेपानी आयोजना
सफल पोखरा म्याराथन सफल पार्न आग्रह
संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
वालिङ र नेपाल पुलिस क्लब बराबरीमा
hero news full width
मुख्य समाचार
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७सिनेमा संवाद @ घान्द्रुक
माघ १३, २०७७सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि
माघ १३, २०७७नरोऊ मायालु…
माघ १३, २०७७भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
माघ १२, २०७७