भारतमा कोरोना संक्रमित ५७ लाख ३२ हजार, मृत्यु हुने ९१ हजार १४९

रासस
असाेज ८, २०७७
Coronavirus_green

नयाँदिल्ली, ८ असोज : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५७ लाख ३२ हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा ८६ हजार ५ सय ८ जना नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय २९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ९१ हजार १ सय ४९ जना पुगेको छ । भारतमा हाल ९ लाख ६६ हजार सक्रिय संक्रमित छन् भने ४६ लाख ७४ हजार ९ सय ८८ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

भारतीय राज्य महाराष्ट्र सबैभन्दा प्रभावित रहेको छ । त्यहाँ हालसम्म २ लाख ७४ हजार सक्रिय संक्रमित छन् भने ९ लाख ५७ हजार निको भएका छन् । यहाँ ३३ हजार ८ सय ८६ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

कर्नाटका राज्यमा हाल करिब ९५ हजार व्यक्ति सक्रिय संक्रमित छन् भने ४ लाख ३८ हजार निको भएर डिस्चार्ज भइसकेका छन् । यहाँ ८ हजार २ सय ६६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

अर्कोतर्फ आन्ध्र प्रदेश तेस्रो सर्वाधिक प्रभावित राज्य बनेको छ । यहाँ हाल ७० हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् भने ५ हजार ५ सय ७ जनाको मृत्यु भइसकेको छ । राज्यमा ५ लाख ७० हजार मानिस निको भएर घर फर्किएका छन् ।

यसैबीच, भारतीय स्वास्थ्य अनुसन्धान परिषद (आइसिएमआर) ले सेप्टेम्बर २३ तारिखसम्म कूल ६ करोड ७४ लाख ३६ हजारको परीक्षण गरिएको जनाएको छ । पछिल्लो एक दिनमा मात्र ११ लाख ५६ हजारको स्वास्थ्य परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार कोरोनाभाइरस संक्रमितहरुको निको हुने दर पाँचौं दिनसम्म लगातार वृद्धि भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width