गण्डकीमा संक्रमित ३६ सय पार

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७७
Gandaki Map

पोखरा, ८ असोज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३६ सय पार भएको छ । प्रदेशमा बिहीबारमात्र २५ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ३ हजार ६ सय ४ पुगेको छ ।

बिहीबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा ९ जना, गैँडाकोटमा ८ जना संक्रमित भेटिएका छन् ।

स्याङ्जाको भीरकोटमा एक जना, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० को गैँडाकोटका १, विनयीत्रिवेणीका ४२ वर्षीयय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाको पुतलीबजारका ३५ वर्षीय पुरुष र वालिङकी १८ वर्षीया किशोरीमा पनि संक्रमण देखिएको छ ।

बिहीबार बिहान पोखरा वडा ९ का ४२ वर्षीय पुरुष, वडा १० का ३२ र ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनायले जनाएको थियो ।

प्रदेशमा कुल संक्रमितमध्ये २ हजार ४ सय ५९ जना निको भएको छ । यो ६८ प्रतिशत हुन आउँछ ।

Related News

सम्बन्धित समाचार

hero news full width