बुटवलको कोरोना अस्पतालमा दुई जनाको मृत्यु

विक्रम खड्का
असाेज ८, २०७७
corona hospital btl (1)

बुटवल ८ असोज । बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको छ । उनीहरु दुवैजना सात दिनदेखि भेन्टिलेटरमा थिए ।

गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए ।

यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनी पनि मधुमेहका रोगी रहेको डा. गौतमले बताए । दुवै जनाको शव व्यवस्थापनको तयारी भैरहको अस्पतालले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width