पोखरा । कीर्तिमानी आरोही आङरिता शेर्पाको बुधबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
उनको टेकुस्थित घाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । हिमचितुवा उपनामले चिनिएका शेर्पाको ७२ वर्षको उमेरमा गत सोमबार जोरपाटीस्थित निजी निवासमा निधन भएको थियो ।
मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले स्व शेर्पालाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप सरकारका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले शेर्पा गुम्बा बौद्धमा राखिएको शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे ।
उनले बिनाअक्सिजन १० पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए ।
शेर्पाले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका थिए । सन् १९९६ मा बिनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो ।
Related News
सम्बन्धित समाचार
नारी दिवसमा एकल महिलालाई रातो टीका
म्याग्दी अन्नपूर्ण गाउँपालिकाकाे गाउँसभा वडा विभाजन गर्ने प्रस्ताव पेस
पाेखराकाे संगम टोलमा चौतर्फी गेट
मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्यो
कुमाल बस्तीमा सुरु भयो उपचार
hero news full width
मुख्य समाचार
पार्टी कार्यालयहरूमा धमाधम एमालेको बोर्ड
सुनसान ‘अष्ट्रेलियन क्याम्प’ अझै
फागुन २५, २०७७नेकपा एकीकरणमा सर्वोच्चको धक्का : गण्डकी सरकार हाइसञ्चाेमा
फागुन २५, २०७७वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
फागुन २४, २०७७धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
फागुन २४, २०७७जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
फागुन २४, २०७७