पोखरा, ७ असोज । कोरोना महामारीका कारण आफ्नो पेसा धरापमा परेकोले व्यूटीपार्लर खोल्नुपर्ने माग गर्दै व्यूटीसियनहरुले देशभरका सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमा ज्ञापनपत्र बुझाएका छन् ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालले देशका सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालय सहित स्थानीय निकायमा ज्ञापनपत्र बुझाएको हो ।
युनियन अध्यक्ष सुमन गुरुङले लामो समयसम्म लकडाउन तथा बन्दाबन्दीसँगै सौन्दर्यक्षेत्रमा कार्यरत् स्वरोजगार श्रमिकहरु ठूलो मारमा परेको भन्दै व्यूटीपार्लर खोलेर सेवा संचालनको अनुमति दिनुपर्ने भन्दै ज्ञापनपत्र बुझाइएको जानकारी दिइन् ।
युनियन संस्थापक अध्यक्ष एवं गण्डकी प्रदेश सांसद मीना गुरुङले कोरोनाले हातमा सीप बोकेका सयौं महिला दिदीबहिनीहरुको रोजीरोटी गुम्केको भन्दै यही पेसामै टिकाइराख्न र विस्थापित हुन नदिन सरकारले विशेष सम्बोधन गरिनुपर्ने बताइन् ।
युनियन महासचिव पवी गुरुङले कोरोनाविरुद्ध आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर आफूहरुले पनि सेवा संचालन गर्न पाउनुपर्नेमा जोड दिइन् ।
यसैबीच, युनियनले कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई बुधबार ज्ञापनपत्र बुझायो ।
प्रजिअ ढकाललाई युनियन गण्डकी प्रदेशतर्फबाट अध्यक्ष नूर गुरुङ र मेयर जिसीलाई युनियन पोखरा महानगरपालिका कमिटी अध्यक्ष गंगादेवी गुरुङ पुनले ज्ञापनपत्र हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा युनियन अध्यक्ष सुमन गुरुङ, महासचिव पवी गुरुङ, प्रदेश इञ्चार्ज संगीता पाण्डे, अध्यक्ष नूर गुरुङ, सचिव लक्ष्मी पौडेल, सदस्य सुष्मा शाह, महानगर अध्यक्ष गंगादेवी गुरुङ पुन, महानगर उपाध्यक्ष मोहनकुमारी राई, सदस्य लेखुमाया राना लगायत उपस्थित थिए । युनियनअन्तर्गत देशभर करिब ५ हजार संख्यामा सौन्दर्यकर्मी आवद्ध छन् ।
युनियनले सौन्दर्यकला क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि सरकारसँग गत जेठमै पनि माग गरेको थियो । युनियनले कोरोना भाइरसका कारण यस क्षेत्रमा उद्यगमशील तथा स्वरोजगारको भविष्य धरापमा परेको भन्दै राहतका प्याकेज ल्याउन ५ बुँदे माग राखेको थियो । सोको अहिलेसम्म सम्बोधन नभएको युनियन अध्यक्ष सुमन गुरुङले गुनासो गरिन् ।
उनीहरुले बैंक व्याज तथा करमा विशेष छुट हुनुपर्ने, लकडाउनभरको घरभाडा मिनाहा वा छुट व्यवस्थाका लागि सरकारबाट पहल हुनुपर्ने, संलग्न सबै सौन्दर्यकर्मीहरुको दैनिक जीवन निर्वाहको लागि राहत प्याकेज घोषणा गरिनुपर्ने, सौन्दर्य पेसा संरक्षण र प्रद्धर्वन गर्न कानुनअनुसार दर्ता भएका र सीटीइभीटीबाट प्रदान गरिएको प्रमाणपत्र आधारमा सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने र बैंक व्याज तथा किस्ता तिर्ने समयसीमा आगामी माघसम्म थप गरिनुपर्ने माग गरेका थिए ।
युनियन निवर्तमान अध्यक्ष पम्फा पहारीका अनुसार सौन्दर्यकला क्षेत्र रोजगारीको लागि एउटा महत्वपूर्ण क्षेत्र रहेको र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ३ लाख जना स्वरोजगार छन् ।
Related News
सम्बन्धित समाचार
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
तरकारी बजारमा माछापुच्छ्रे बैंकको क्युआर सेवा
लेखा परीक्षणका समस्या हटाउन जोड
सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकको सहयोग
प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति
hero news full width
मुख्य समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७