७ तोला सुन र ४ लाख नगद चोरी

कविराज खनाल
असाेज ७, २०७७

लेखनाथ, ७  असोज । पोखरा ३२, राजाको चौतारामा गएराति श्रृङ्खलाबद्ध चोरी भएको छ । चोरले घरभित्र पसी ७ तोला सुन र ४ लाख नगद रुपैयाँ चोरी गरी लगेको हो ।

गएराति करिब १ बजे स्थानीय बालकृष्ण सापकोटाको घरमा कोही नभएको मौका पारी उनको २ तोला सुन र २ लाख रुपौयँ नगद चोरी भएको छ ।

त्यस्तै, सोही घरमा डेरा गरी फेन्सी पसल संचालन गर्ने सरिता बसौलाको ५ तोला सुन र ३० हजार रुपैयाँ तथा मासु पसल संचालन गर्ने नरवीर गुरुङको ५ हजार चोरी भएको हो ।
घरको सीसी क्यामरा फुटेज हेर्दा गएराति १ बजेको समयमा मास्क लगाएका ३ जना व्यक्ति घरभित्र छिरेर चोरी गरेको देखिएको वडा प्रहरी कार्यालय राजाको चौताराले जनाएको छ । सीसी क्यामरामा हेर्दा चोरले रेनकोट समेत लगाएका थिए ।

घरमा घरभेटी र पसल गर्ने व्यक्ति कोही नभएको मौका पारी चोरले मूलढोका र दराज फोडी नगद र सुन चोरी गरेको फेन्सी पसल संचालक सरिता बसौलाले जानकारी दिइन् ।
प्रहरीले चोरीमा संलग्न शंकास्पद व्यक्तिहरुको खोजी शुरु गरेको जनाएको छ । प्रहरीले चाडवाड बेला लुटपाट र चोरीको घटना बढ्ने भएकोले स्थानीयलाई सजग रहन र घरको ताला चाबी बलियो गरी लगाउन आग्रह समेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width