पोखराका सौन्दर्य व्यवसायीको प्रशासनमा धर्ना

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७७
dharna

पोखरा, ७ असोज । पोखरामा रहेका सौन्दर्य व्यवसायीहरुले व्यवसय सञ्चालन गर्न पाउनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा शान्तिपूर्ण धर्ना दिएका छन् । कोरोना भाइरस कोभिड १९–का कारण पोखरामा रहेका ब्यूटीपार्लर तथा सलुन सेवाहरु विगत ६ महिनादेखि पूर्ण रुपमा बन्द हुँदा मारमा परेको भन्दै प्रशासनमा धर्ना सहित ज्ञापन पत्र समेत बुझाएका हुन् ।

ब्यूटीपार्लर एशोसिएसन कास्कीको अगुवाइमा पोखरामा रहेर सौन्दर्य व्यवसाय ब्यूटीपार्लर र सलुन सेवा सञ्चालकहरुले शान्तिपूर्ण धर्ना सहित कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई सात बुँदे माग सहित ज्ञापनपत्र बुझाइएको ब्यूटीपार्लर एशोसिएसन पोखराकी सचिव वविता कार्कीले जानकारी दिइन् ।

व्यवसाय बन्द भएको समयमा पनि बैंकले किस्ता र घरधनीले घरबहाल लिने गर्दा निकै मारमा परेको व्यवसायीहरुको गुनासो छ । ब्यूटीपार्लर र सलुन चलाउनेहरुलाई प्रहरी प्रशासनबाट अमानवीय ब्यहार भएको हुँदा त्रासमा रहेको उनीहरुले बताएका छन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार व्यवसाय सञ्चालन गर्न तयार रहदापनि प्रशासनले दुःख दिने गरेको व्यवासयीहरुको आरोप छ ।

मापदण्ड पालना गरी तत्काल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने, बैंक वित्तीय संस्थाहरुको ब्याजमा सहुलियत पाउनुपर्ने, लकडाउका कारण म्याद गुज्रेका समानको क्षतिपुर्ति, स्थानीय तह तथा अन्य निकायबाट लिइने कर तथा छुट गराइनुपर्ने व्यवस्था गराइनुपर्ने व्यवसायीहरुले माग राखेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width