हेमजा । अन्नपूर्ण–२, ढिकुरपोखरीस्थित माछापुच्छ्रे मावि/क्याम्पस पूर्व विद्यार्थी मञ्चको आयोजनामा आईटी कार्यशाला गोष्ठी सम्पन्न भयो।
कार्यशाला उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष तथा मञ्चका सदस्य युवराज कुँवरले विषम परिस्थितिमा भएको कार्यक्रमले शिक्षाको क्षेत्रमा महत्व राख्ने बताए ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत एवम् मञ्चका सदस्य युवराज अधिकारीले उपयुक्त समयमा कार्यक्रम राखेकाले कार्यक्रमलाई सहयोग रहने प्रतिबद्घता जनाए।
वडा २ का वडाध्यक्ष चूडामणि अधिकारी, मञ्चका पूर्व अध्यक्ष यादवराज अधिकारी लगायतले पनि धारणा राखेका थिए । सो अवसरमा मञ्चका कार्यसमिति सदस्य फणीन्द्र अधिकारीले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।
कुल २६ जना शिक्षक तथा कर्मचारी सहभागी उक्त कार्यशालामा मञ्चतर्फबाट निःशुल्क मास्क तथा सेनिटाइजर वितरण गरिएको थियो।
आगामी शनिवार फिडर विद्यालयका शिक्षक, कर्मचारीलाई पनि सहभागी गराई सोही प्रकृतिको गोष्ठी सञ्चालन गर्ने पनि मञ्चले जनाइएको छ ।
मञ्च अध्यक्ष गायत्री पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले स्वागत र महासचिव पुण्यप्रसाद सुवेदीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
नारी दिवसमा एकल महिलालाई रातो टीका
म्याग्दी अन्नपूर्ण गाउँपालिकाकाे गाउँसभा वडा विभाजन गर्ने प्रस्ताव पेस
पाेखराकाे संगम टोलमा चौतर्फी गेट
मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्यो
कुमाल बस्तीमा सुरु भयो उपचार
hero news full width
मुख्य समाचार
सुनसान ‘अष्ट्रेलियन क्याम्प’ अझै
नेकपा एकीकरणमा सर्वोच्चको धक्का : गण्डकी सरकार हाइसञ्चाेमा
फागुन २५, २०७७वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
फागुन २४, २०७७धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
फागुन २४, २०७७जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
फागुन २४, २०७७पोखराको टुँडिखेलमा भेट्रान्स फुटबलको रौनक
फागुन २४, २०७७