पोखरा । सामाजिक सेवा दिवस अवसरमा लायन्स क्लब अफ पोखरा अन्नपूर्णले सत्यसाई बाल सेवा आश्रम, रानीपौवामा खाद्यान्न सामग्री वितरण गरेको छ ।
क्लब अध्यक्ष डा गोपिलाल श्रेष्ठले उक्त आश्रमका अध्यक्ष बकवली रञ्जीत शाक्यलाई सो सामग्री हस्तातरण गरे । करिब ४ वर्षअघि स्थापना भएको उक्त आश्रम सहयोगी मनका ब्यक्तित्वबाट संचालित हाल ९ जना विद्यार्थी छन् ।
कार्यक्रममा प्रथम उपाध्यक्ष सूर्य बराल, सचिव सुमन थापालगायतले बोलेका थिए ।