राजनीतिकर्मी आचार्यको निधन

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७७
yagya-acharya_

काठमाडौ, ७ असोज । पुराना राजनीतिकर्मी तथा कथाकार यज्ञप्रसाद आचार्यको निधन भएको छ  ।  मुटु र मिर्गौलामा समस्या उत्पन्न भई तीन सातादेखि काठमाडौं नर्भिक अस्पतालमा सघन उपचाररत ८७ वर्षीय आचार्यको मङ्गलबार राति निधन भएको हो ।

जहानियाँ राणाशासनविरुद्धको आन्दोलनमा तत्कालीन धनकुटा जिल्लाको तेहथुमका लागि उनले सत्याग्रही कमाण्डर बनेर नेतृत्व गरेका थिए ।

राजपरिषद् स्थायी समितिका सदस्य पनि रहेका आचार्यका नेपाली भाषा, पत्रकारिता, अध्यापन, सामाजिक सेवा र साहित्यिक गतिविधिमा पनि आचार्यको योगदान रहेको छ ।

आचार्य प्रवेशिका र स्नातकोत्तर परीक्षा उत्तीर्ण गर्ने धरानकै पहिलो व्यक्ति भएको जनाइएको छ । कथाकार आचार्यका तीन कथासङ्ग्रह र नेपालको परराष्ट्रनीतिबारे एक पुस्तक तथा आत्मवृत्तान्त ‘जे देखे‘, जे भोगे‘’ प्रकाशित छ ।

Related News

सम्बन्धित समाचार

hero news full width