नारायणगढ–मुग्लिन-नौबिसे सडकखण्ड एकतर्फीमात्र

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७७
mugling-narayanghad-sadak-jam

पाेखरा, ७ असोज । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ।

नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।

उता मुग्लिन–नौबिसे सडकखण्ड पनि एकतर्फी मात्र सञ्चलानमा छ । साे सडकखण्ड अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बाँदरेभीर भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक एकतर्फी मात्र सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मझिमटार धादिङले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width